SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/३१ गते
    ७७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ। पूर्व मन्त्री एवं तरुण दल अध्यक्ष महादेव गुरुङले नेपाली कांग्रेस अहिले मौलिक रुपमा कांग्रेस नरहेको बताएका छन्। ६३को परिवर्तन पछि कांग्रेसमा तत्कालिन माओवादीको प्रभावमा आफ्नो मौलिकतामा नै सम्झौता गरेको भन्दै गुरुङले कांग्रेस कांग्रेस नरहेको टिप्पणी गरेका हुन्।

    गण्डकीका वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठसँग कुराकानी गर्दै गुरुङले भने, ‘६३को परिवर्तन पछि हामीले धेरै कुरा छोड्यौं। अहिले हामी नामले मात्र कांग्रेस छौं। सिद्धान्त आदर्शको हिसाबबाट हामी कांग्रेस छैनौं। हामीले आफ्नो इतिहासलाई तिलाञ्जली दिइ सक्यौं। अब त्यो गरिमा पूर्ण स्थितिमा फर्किन गार्हो छ।’

    गुरुङले ६३ को परिवर्तन पछि पार्टी नेतृत्वसँग असहमति बढ्दै गएको खुलाए। ‘गिरिजाप्रसाद कोइरालासँग डिफरेनसेस बढ्यो। त्यतिबेला म सांसद थिए। माओवादी शान्ति प्रक्रियामा आइसकेका थिए। गिरिजाबाबुसँग मेरो राम्रो पहुँच थियो। वार्ता टोलीमा बसेका साथीहरुको वार्ता पनि हेरे। प्रचण्डले जे-जे भन्छ त्यो सबै स्वीकार्दै जाने।

    मलाई त्यो कुरा चित्त बुझेन,’ भन्दै गुरुङले भने, ‘त्यसपछि मैले गिरिजा बाबुलाई यो कांग्रेस पार्टी हो कि माओवादी भनेर सोधे। गिरिजा बाबुले किन महादेव भनेर सोध्नु भयो। त्यसपछि मैले भने, कांग्रेस पार्टीको त आफ्नो स्ट्यान्ड छ नि। हुनु पर्यो नि। सम्झौता गर्नुपर्छ। गर्न हुँदैन म भन्दिन तर ‘गीभ एण्ड टेक’ त हुन्छ नि। हामीले के के कुरा छोड्ने भन्ने र उनीहरुले के के छोड्ने भन्ने कुरा त हुन्छ नि। सबै स्वीकार्दै भएन नि। त्यसबेला गिरिजाबाबु बोल्दै बोल्नु भएन।’

    गुरुङले नेतृत्वसँग असहमति बढेकै कारण आफूलाई धेरैले निस्क्रिय देखिएको आरोप लगाएपनि त्यो सत्य नभएको बताए। उनले आफू अझै पनि कांग्रेसलाई वीपी कोइरालाले देखाएको बाटोमा फर्काउन लागि परेको बताए। उनले भने, ‘डिफरेन्सेस बढ्दै गइसकेपछि, पेलान त हुन्छ नि।त्यसैले, निस्क्रिय भए जस्तो भएको हो।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं