SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२८ गते
    ५७४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर,कपिलवस्तु
    सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगर कमिटी तथा राष्ट्रीय मदरसा संघ नेपालले फैसलाको स्वागत गर्दै कार्यकर्ताहरुले एक अर्कालाई मिठाई खुवाउदै खुश्याली मनाएका छन।

    राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपालीले सर्वोच्च अदालतले संविधान र व्यवस्थाको पक्षमा फैसला गरेको बताएका छन् । संविधान बचाउने, परिवर्तन जोगाउने जुन अभियान हामीले चलाएका थियौं । त्यो सफल भएको छ नेपालको सर्वोच्च अदालतले संविधान र व्यवस्थाको रक्षा गरेको बताउदै नेपालीले न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई दिएका छन् । म सम्पूर्ण न्यायमूर्तीहरुलाई पनि धन्यवाद दिन्छु ।

    नेकपा कृष्णनगर नगरकमिटी अध्यक्ष जाबेद आलम राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की,तुफेल अहमद खां उक्त खुश्यालीको मौकामा सहभागी रहेका थिए। उपस्थित सम्पूर्ण कमरेडहरुको स्वागत गर्दै ओली सरकारले चलेको कदम गलत रहेको सर्वोच्च न्यायालयले साबित गरिसकेको बताउदै जनताको जीतको यस घडीमा खुशी व्यक्त नगरिकन रहन नसक्ने बताए। गणतंत्रलाई बचाउन न्यायालयले दिएको न्यायको उक्त दिनलाई न्याय दिवसको रुपमा मनाउन समेत अपिल गरे।

    सर्वोच्च न्यायालयले दिएको निर्णय अल्पसंख्यक, बहुसंख्यक र सम्पूर्णको लागि हितकारी रहेको र नेपालमा संविधान र न्यायलय माथि जनताले राखेको भरोसा कायमनै रहन सफल भएको समेत जिक्र गरे।केही अराजकतत्वले देशलाई विगर्ना खोजेको तर सर्वोच्च न्यायालयले नेपाल र नेपाली जनताको पक्षमा गरेको फैसलाको स्वागत गर्दै खुशी मनाउन कुनै कसर बाकी नराख्ने संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले बताउनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं