SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/१ गते
    ९५६ &#२३४६;&#२३३५;&#२३२५;

    माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको हत्यामा उनकै श्रीमती महिमा पाण्डे संलग्न रहेको खुलासा भएको छ । प्रहरीले झण्डै एक महिना लामो अनुसन्धानपछि हत्यामा श्रीमती पाण्डे संलग्न रहेको निस्कर्ष निकालेको हो । प्रहरीले पाण्डे पत्नी महिमासहित हत्यामा संलग्न ११ जनालाई पक्राउ गरेको छ । नेता पाण्डेको गत ५ जेठको राति तीन जनाको समूहमा मोटरसाइकलमा आएका अपरिचितले गोली हानी भागेका थिए ।

    टाउको र पेटमा गोली लागेका पाण्डेको उपचारका क्रममा १० जेठमा काठमाण्डुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले हत्याको प्रमुख योजनाकार पाण्डे पत्नी र उनका केटा साथी कपिलवस्तु नगरपालिका–१ आनन्दवागका ३९ वर्षीय ओमप्रकाश यादव मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।

    महिमा र ओमप्रकाशबीचको अनैतिक सम्बन्धबारे पाण्डेले थाहा पाएपछि दुई जना मिलेर हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । उनीहरुबीच विगत पाँच वर्षदेखि अवैध सम्बन्ध रहेको खुलेको छ । अनैतिक सम्बन्धबारे श्रीमानले थाहा पाएपछि महिमाले पटकपटक उनको हत्या गर्न ओमप्रकाशलाई दबाब दिएकी थिइन् ।

    पछिल्लो तीन वर्षको बीचमा पाण्डेको हत्याका लागि ओमप्रकाश र महिमाले विभिन्न व्यक्तिलाई सुपारी पनि दिएका थिए । तर, विविध कारणले हत्या योजना सफल हुन नसेकको उनीहरुले बयानका क्रममा बताएका छन् ।

    पक्राउ पर्नेमा महिमा र ओमप्रकाशसहित गोली प्रहारमा संलग्न रमजान साह मुसलमान, साकिर अली छन् । यस्तै उनीहरुलाई हतियार उपलब्ध गराउन सघाएको आरोपमा पूर्णवीर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नसरत अली र प्रवीण गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं