
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । विश्वभर फैलिएको नयाँ भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को मुलक आतकिंत छ । कोरोना कहरले आमनागरिक थलिएका बेला अभिभावकत्व निर्वाह गर्नुपर्ने सरकार सत्ता र शक्तिको चलखेलमा लागेको छ । कोरोना कहरको पीडा समग्र मुलुकको तुलनामा पर्वतवासीले अझै बढी भोगिरहेका छन् ।
यही कहरका बिच पर्वतबासीको पीडामा मलहम लगाउन नेपाली काँग्रेसद्धारा गठित कोभिड–१९ अनुगमन समितिको जिल्ला संयोजक एवम् कुश्मा नगरपालिका–८ चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्रीले जिल्लामा कोरोना भाइरसले पारेको प्रभाव र यसको रोकथाममा पार्टीको भूमिकाका विषयमा वडातहमा पुगेर छलफल थाल्नुभएको छ । नेपाली काँग्रेसद्धारा गठित कोभिड–१९ अनुगमन समिति पर्वतको सूचना संयोजकमा नियुक्ति भए लगत्तै क्षेत्रीले पर्वत जिल्लाका ६१ वटा वडामा पुगेर छलफल गर्न थाल्नु भएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको सहकार्य र नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम ्पूर्व साँसद अर्जुनप्रसाद जोशीको समन्वयमा क्षेत्रीले वडा तहमा पुगेर छलफल थाल्नु भएको हो ।
अभियान अन्तर्गत आईतवार कुश्मा नगरपालिकाका चुवा ठुलीपोखरी र खौलालाकुँरी हुँदै फलेवास नगरपालिका, महाशिला पुग्न् भएको छ भने शनिवार पैयु गाउँपालिकाका दुई वडा बाहेक अन्य सबै वडामा पुगेर कोरोनाभाइरसले नागरिकमा पारेको प्रभाव, गरिव तथा विपन्न वर्गको संख्या, महामारीका बेला पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संक्रमितको विवरण र दिर्घरोगीको संख्या र वडाको वस्तुस्थितीका विषयमा नेपाली काँग्रेसका वडा कमिटीका सभापतिहरु संग छलफल थाल्नु भएको हो ।
संयोजक क्षेत्रीले अभियान अन्तर्गत जिल्लाका सवै वडामा पुग्ने अभियान जारी रहेको जानकारी गराउँदै बाँकी वडामा केही दिनमा पुग्ने दाबी गर्नुभयो । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि वडाका पार्टी सभापतिहरुलाई अक्सोमिटर(अक्सिजन नाप्नेयन्त्र) र थर्ममिटर (तापक्रम नाप्ने यन्त्र) लगायतका उपकरण समेत वितरण गर्नुभएको छ ।
क्षेत्रीले होम आईसोलेशनमा बसेका वा कोभिड संग मिल्दो जुल्दो लक्षण भएका बिमारीहरुको परिक्षण उक्त सामग्री प्रयोग गर्नआग्रह गर्नुभयो । उहाँले वडातहमा आवश्यक भएको खण्डमा नेपाली काँग्रेस वडा कार्य समितिका साथीहरुसँग सम्पर्क गर्नअनुरोध समेत गर्नुभएको छ । क्षेत्री बाँकी वडामा केही दिनमा सामग्री उपलव्ध गराउने बताउनु भयो । पार्टी सभापतिहरुले कोरोनाका कारण वडामा परेको प्रभाव र समस्याका विषयमा जानकारी गराउँदै कोभिड –१९ बाट संक्रमितलाई अक्सिजनको मात्रा र तापक्रम थाहा पाउनका लागि अक्सिमिटर र थर्ममिटर अत्यन्तै आवश्यक पर्ने भएकोले यस सामग्रीको उपयोग गर्ने वडा सभापतिहरुले बताएका छन् ।
संयोजक क्षेत्रीले कोरोना महामारीको समयमा नागरिकमा परेको प्रभाव र समस्याका विषयमा गाउँगाउँमा पुगेर जानकारी लिन अभियान थालेको बताउनु भयो । उहाँले कोरोनाको प्रभावका विषयमा साथीहरुसँग जानकारी लिने र आवश्यक सहयोगका विषयमा पार्टीसँग सल्लाह गर्ने बताउनु भयो । ‘अहिले हामी जिल्लाका दुवै निर्वाचन क्षेत्रका वडावडामा पुगेर त्यहाँको वस्तुस्थितीका विषयमा विवरण संकलन गरेका छौँ, सभापतिहरु सँग छलफल चलाएका छौँ,क्षेत्रीले भन्नुभयो,‘ हरेक वडावडामा पुगेर गुनासो र सुझाव संकलन गदै सोही अनुसार अगाडी बढने उदेश्य रहेको छ ।,’ कोरोनाको सम्भावित जोखिमलाई मध्येनजर गदै आगमी दिनमा आउने महामारीमा पार्टीपंक्तिलाई स्वास्थ्य सामग्री सहित फिल्डमा अग्रसर बनाउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेको उहाँको भनाई छ ।
उक्त अभियानमा संयोजक क्षेत्री लगायत नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधी सनम बेगम, नेपाली काँग्रेसका युवा नेता राजु आचार्य, विद्यार्थी नेता शिशिर शर्मा पौडेल, प्रेस युनियन पर्वतका सचिव साजन परियार लगायतको टोलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि पार्टीको भूमिका विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै कुश्मा नगरपालिकाका केही वडामा भएको अभियानमा संयोजक क्षेत्री, नेपाली काँग्रेसका प्रदेश सभा क का क्षेत्रीय सचिव कृष्ण लामिछाने, महाधिवेशन प्रतिनिधी वेगम, युवा नेता आचार्य, विद्यार्थी नेता पौडेल लगायतका नेता वडावडामा पुग्नु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया