SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/१ गते
    ६७१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । विश्वभर फैलिएको नयाँ भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को मुलक आतकिंत छ । कोरोना कहरले आमनागरिक थलिएका बेला अभिभावकत्व निर्वाह गर्नुपर्ने सरकार सत्ता र शक्तिको चलखेलमा लागेको छ । कोरोना कहरको पीडा समग्र मुलुकको तुलनामा पर्वतवासीले अझै बढी भोगिरहेका छन् ।

    यही कहरका बिच पर्वतबासीको पीडामा मलहम लगाउन नेपाली काँग्रेसद्धारा गठित कोभिड–१९ अनुगमन समितिको जिल्ला संयोजक एवम् कुश्मा नगरपालिका–८ चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्रीले जिल्लामा कोरोना भाइरसले पारेको प्रभाव र यसको रोकथाममा पार्टीको भूमिकाका विषयमा वडातहमा पुगेर छलफल थाल्नुभएको छ । नेपाली काँग्रेसद्धारा गठित कोभिड–१९ अनुगमन समिति पर्वतको सूचना संयोजकमा नियुक्ति भए लगत्तै क्षेत्रीले पर्वत जिल्लाका ६१ वटा वडामा पुगेर छलफल गर्न थाल्नु भएको हो ।

    नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको सहकार्य र नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम ्पूर्व साँसद अर्जुनप्रसाद जोशीको समन्वयमा क्षेत्रीले वडा तहमा पुगेर छलफल थाल्नु भएको हो ।

    अभियान अन्तर्गत आईतवार कुश्मा नगरपालिकाका चुवा ठुलीपोखरी र खौलालाकुँरी हुँदै फलेवास नगरपालिका, महाशिला पुग्न् भएको छ भने शनिवार पैयु गाउँपालिकाका दुई वडा बाहेक अन्य सबै वडामा पुगेर कोरोनाभाइरसले नागरिकमा पारेको प्रभाव, गरिव तथा विपन्न वर्गको संख्या, महामारीका बेला पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संक्रमितको विवरण र दिर्घरोगीको संख्या र वडाको वस्तुस्थितीका विषयमा नेपाली काँग्रेसका वडा कमिटीका सभापतिहरु संग छलफल थाल्नु भएको हो ।

    संयोजक क्षेत्रीले अभियान अन्तर्गत जिल्लाका सवै वडामा पुग्ने अभियान जारी रहेको जानकारी गराउँदै बाँकी वडामा केही दिनमा पुग्ने दाबी गर्नुभयो । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि वडाका पार्टी सभापतिहरुलाई अक्सोमिटर(अक्सिजन नाप्नेयन्त्र) र थर्ममिटर (तापक्रम नाप्ने यन्त्र) लगायतका उपकरण समेत वितरण गर्नुभएको छ ।

    क्षेत्रीले होम आईसोलेशनमा बसेका वा कोभिड संग मिल्दो जुल्दो लक्षण भएका बिमारीहरुको परिक्षण उक्त सामग्री प्रयोग गर्नआग्रह गर्नुभयो । उहाँले वडातहमा आवश्यक भएको खण्डमा नेपाली काँग्रेस वडा कार्य समितिका साथीहरुसँग सम्पर्क गर्नअनुरोध समेत गर्नुभएको छ । क्षेत्री बाँकी वडामा केही दिनमा सामग्री उपलव्ध गराउने बताउनु भयो । पार्टी सभापतिहरुले कोरोनाका कारण वडामा परेको प्रभाव र समस्याका विषयमा जानकारी गराउँदै कोभिड –१९ बाट संक्रमितलाई अक्सिजनको मात्रा र तापक्रम थाहा पाउनका लागि अक्सिमिटर र थर्ममिटर अत्यन्तै आवश्यक पर्ने भएकोले यस सामग्रीको उपयोग गर्ने वडा सभापतिहरुले बताएका छन् ।

    संयोजक क्षेत्रीले कोरोना महामारीको समयमा नागरिकमा परेको प्रभाव र समस्याका विषयमा गाउँगाउँमा पुगेर जानकारी लिन अभियान थालेको बताउनु भयो । उहाँले कोरोनाको प्रभावका विषयमा साथीहरुसँग जानकारी लिने र आवश्यक सहयोगका विषयमा पार्टीसँग सल्लाह गर्ने बताउनु भयो । ‘अहिले हामी जिल्लाका दुवै निर्वाचन क्षेत्रका वडावडामा पुगेर त्यहाँको वस्तुस्थितीका विषयमा विवरण संकलन गरेका छौँ, सभापतिहरु सँग छलफल चलाएका छौँ,क्षेत्रीले भन्नुभयो,‘ हरेक वडावडामा पुगेर गुनासो र सुझाव संकलन गदै सोही अनुसार अगाडी बढने उदेश्य रहेको छ ।,’ कोरोनाको सम्भावित जोखिमलाई मध्येनजर गदै आगमी दिनमा आउने महामारीमा पार्टीपंक्तिलाई स्वास्थ्य सामग्री सहित फिल्डमा अग्रसर बनाउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेको उहाँको भनाई छ ।

    उक्त अभियानमा संयोजक क्षेत्री लगायत नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधी सनम बेगम, नेपाली काँग्रेसका युवा नेता राजु आचार्य, विद्यार्थी नेता शिशिर शर्मा पौडेल, प्रेस युनियन पर्वतका सचिव साजन परियार लगायतको टोलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि पार्टीको भूमिका विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै कुश्मा नगरपालिकाका केही वडामा भएको अभियानमा संयोजक क्षेत्री, नेपाली काँग्रेसका प्रदेश सभा क का क्षेत्रीय सचिव कृष्ण लामिछाने, महाधिवेशन प्रतिनिधी वेगम, युवा नेता आचार्य, विद्यार्थी नेता पौडेल लगायतका नेता वडावडामा पुग्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं