SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/२८ गते
    ८५९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । देश नै कोभिडले आक्रान्त भैरहेको समय पर्बत जिल्लालाई माया गरि तिनचुली नेपाल सामाजिक संस्थाले विभिन्न स्वास्थ्य सामाग्री वार्डहरुमा बितरण गरेको छ ।

    नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङको पहल, पर्बत खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष प्रेम गुरुङको सहजीकरणमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शंकर गिरिले बनौ वार्ड अध्यक्ष गौ बहादुर पुनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

    प्रमुख अतिथि गिरिले सरकारको मुख नताकि हामी सबै आत्मबल बडाउदै एकले अर्कालाई सहयोगि हात बढाएर नै यो विषम परिस्थितिलाई जित्न मद्दत पुग्ने बताए।

    उक्त कार्यक्रममा कुनपा ७ वार्ड अध्यक्ष सुबास चन्द्र पौडेल,बनौं वार्ड अध्यक्ष गौ बहादुर पुन,मिनराज के सि ´अविरल´ ,दिपुबाबु गिरि,बिदुर नेपाली लगाएतको उपस्थिति रहेको थियो भने सन्चालन प्रेम गुरुङले गर्नु भएको थियो। पर्बत जिल्लामा कोभिडको दोस्रो भेरिएन्टको सक्रिय बिरामी ४६९ छन् भने हाल सम्म मृत्यु ५१ जना र निको १०५५ जना भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं