News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    पर्वतमा तिनचुली नेपाल सामाजिक संस्थाद्धारा विभिन्न वार्डहरुमा स्वास्थ्य सामाग्री बितरण

    पर्वत । देश नै कोभिडले आक्रान्त भैरहेको समय पर्बत जिल्लालाई माया गरि तिनचुली नेपाल सामाजिक संस्थाले विभिन्न स्वास्थ्य सामाग्री वार्डहरुमा बितरण गरेको छ ।

    नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङको पहल, पर्बत खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष प्रेम गुरुङको सहजीकरणमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शंकर गिरिले बनौ वार्ड अध्यक्ष गौ बहादुर पुनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

    प्रमुख अतिथि गिरिले सरकारको मुख नताकि हामी सबै आत्मबल बडाउदै एकले अर्कालाई सहयोगि हात बढाएर नै यो विषम परिस्थितिलाई जित्न मद्दत पुग्ने बताए।

    उक्त कार्यक्रममा कुनपा ७ वार्ड अध्यक्ष सुबास चन्द्र पौडेल,बनौं वार्ड अध्यक्ष गौ बहादुर पुन,मिनराज के सि ´अविरल´ ,दिपुबाबु गिरि,बिदुर नेपाली लगाएतको उपस्थिति रहेको थियो भने सन्चालन प्रेम गुरुङले गर्नु भएको थियो। पर्बत जिल्लामा कोभिडको दोस्रो भेरिएन्टको सक्रिय बिरामी ४६९ छन् भने हाल सम्म मृत्यु ५१ जना र निको १०५५ जना भएका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया