SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/१० गते
    ८२८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा एमालेका माधव नेपाल समूहका २३ निवर्तमान सांसदले मात्र आज सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा हस्ताक्षर गरेका छन् । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा २६ जनाले हस्ताक्षर गरेकामा ३ जनाले हस्ताक्षर गरेनन् । योसहित नेपाल समूहमा विघटित प्रतिनिधि सभाका २३ सांसद मात्र साथमा रहेका छन् ।

    संविधानको धारा ७६ को उपधारा ५ बमोजम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्न रिट तयार गरिएको हो । जसमा विघटित प्रतिनिधि सभाका १४९ जना सांसद संख्याको हस्ताक्षर पुग्ने अपेक्षा गरिएकोमा १४६ को मात्र पुगेको छ ।

    हस्ताक्षर गर्न नगएकाहरुमा माधव नेपालसँग लामो समय निकट रहेका गोकर्ण बिष्ट, झापाबाट निर्वाचित पवित्रा निरौला खरेल र सिन्धुलीबाट निर्वाचित निवर्तमान सांसद गणेश छन् ।

    रिटमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद
    १. माधवकुमार नेपाल २. झलनाथ खनाल ३. भीम रावल ४. सुरेन्द्र पाण्डे ५. भवानी खापुङ ६. राजबहादुर बुढा ७. यज्ञराज सुनुवार ८. विरोध खतिवडा ९. कृष्णलाल महर्जन १०. जीवनराम श्रेष्ठ ११. नारायण खतिवडा १२. धनश्याम भुसाल १३. सोमप्रसाद पाण्डे १४. मेटमणी चौधरी १५. झपट रावल १६. दिपकप्रकाश भट्ट १७. रामकुमारी झाँक्री १८. सरला यादव १९. पुष्पाकुमारी कर्ण २०. कल्याणी खड्का २१. निरादेवी जैरु २२. लक्ष्मीकुमारी चौधरी २३. मुकुन्द न्यौपाने

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं