SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/३ गते
    १२१७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । हुनत यो समय सबै नागरीकहरुलाई सुरक्षित रहन सरकारले आग्रह गरिरहको छ तर पनि आम नागरीकहरुमा बिभिन्न तरिकाका समस्याहरु भने निरन्तर देखा परिरहेकै छन् । यस्तो अबस्था स्थानिय र केन्द्र सरकारले सबैलाई सहयोगको अपिल पनि गरिरहेकै छ ।

    यस्तैमा कुश्मा नगरपालिकाले शुरुवात गरेको कोभिड राहत कोषमा युवा संघका केन्द्रिय सदस्य सुनिल थापा बाँनियाले नगद सहयोग गरेका छन् । नगरपालिकाले कोभिडका विरामीहरुको उपचारका लागि शुरुवात गरेको राहत कोषमा कुश्मा नगरपालिका वडा न ४ निवासी बानियाँले नगद २५ हजार रुपैया ब्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।

    राहत कोष मार्फत नगरपालिका भित्रका कोभिड रोगबाट संक्रमीतभएकाहरुको उपचारमा खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

    उक्त कोषमा सहयोग रकम संकलन गरी राहत नगरबासीको उपचारमा रकम खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख जोशीको भनाई छ । नगद रकम सहयोग गरेका बाँनिया कुश्मामा सामूहिक रुपमा निर्मणधिन जीपलाईन तथा स्काईपुलका सञ्चालक समेत हुन् ।

    नगरपालिकाले नेपाल वैंक पर्वतको खाता नम्बर ०६६०३०००००७००२०००००२ मा प्रकोप ब्यवस्थापन कोषको खातामा सहयोग रकम उपलब्ध गराउन पनि नगरबासीलाई आब्हान गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं