
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
नुवाकोट – कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न प्रशासनले जारी गरेको लकडाउनकै बीच नुवाकोटमा हाई सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन निर्माण भएको छ । नुवाकोट साईन्स क्लबका इञ्जिनियर हरुद्धारा लकडाउनकै बीच उत्त¬m मेसिन तयार गरीएको यसै क्लबका अध्यक्ष नरेश्वर पाण्डेले बताए ।
माईक्रो कन्ट्रोलर सर्किटको प्रयोग गरिएको मेसिनमा दुई लिटर क्षमताको कन्टेनर रहेको उक्त सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मेसिनबाट प्रति तीन सेकेन्ड एक मिलिलिटर स्यानिटाइजर प्रवाह हुने नुवाकोट साईन्स क्लबका अध्यक्ष नरेश्वर पाण्डेले बताए । ‘सेन्सरयुक्त भएकाले मेसिनमा हात राखेको तीन सेकेण्डमा स्यानिटाइज निस्कन्छ र बन्द हुन्छ’, उनले भने ‘मेसिनको परीक्षण पूर्ण रुपमा सफल भईसकेको छ । बजारको माग रहे उद्योग नै स्थापना गरी व्यवसायिक रुपमा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन उत्पादन गर्ने छौँ । सम्भवतः सरकारी कार्यालय र स्थानीय तहका कार्यालयले मात्र हाम्रो उत्पादनलाई लिए नुवाकोट जिल्लामा विज्ञान तथा प्रविधिले उचित स्थान पाउने छ ।’
स्वचालित मेसिनमा स्यानिटाइजरको साथै स्याम्पु र झोलसहितको साबुनसमेत राखेर प्रयोग गर्न सकिने समेत पाण्डेले बताए । मेसिनको प्रयोगबाट सामाजिक दुरी कायम गर्न सहज हुनुको साथै मानव सम्पर्क कम गर्ने, मानव स्पर्श विना सञ्चालन हुने, हातको पूर्ण स्वच्छताको साथै सेनिटाइजरको न्यूनतम खपत हुनेछ । यस्तै, मेसिनमा वैकल्पिक उर्जाको लागि स्रोत एसी र डिसी दुवै प्रयोग गर्न सकिने छ ।
यसमा २ लिटर भण्डारण गर्ने क्षमता रहेतापनि आउटलेटमा आफ्नो आवश्यकता अनुसार पाईप बढाएर जति पनि भण्डारणमा जोड्न सकिने छ । यस अघि भक्तपुरमा बनाएकोमा चार लिटरको क्षमता रहेको थियो ।
‘उक्त मेसिन उच्च सेन्सर प्रविधिको प्रयोगबाट निर्मित आफ्नो आवश्यकता अनुसार भित्तामा र टेबलमा राख्न मिल्ने गरी विकास गरिएका छौं’, उनले भने ‘उनले आफूहरुले तयार गरेको यस्तो विशेषता भएको सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन नेपालकै पहिलो रहेको छ ।’
अर्का सदस्य यशराज खड्काअनुसार प्रडक्ट प्रोटोकलको फिनिसिङ विकसित देशहरुले निर्माण गरेको मेसिन जस्तो नभए पनि यसको विशेषता भने उत्तिकै रहेको छ । प्रोटोटाईप मेसिनमा प्रयोग गरिएको समानहरु लकडाउनको कारण सामान जुटाउन असहज परिस्तिथिमा पनि नुवाकोटको बजारमा चाहिने समान यहिँ बनाउन सकेकोमा खुशी लागेको बताए ।
‘मेसिनको बजारीकरणको लागि लकडाउनको कारणले गर्दा असहज भएको छ’, उनले भने ‘हामीले बनाएको मेसिनको स्थानीय बजारमै खपत गराउने हाम्रो पहिलो लक्ष्य रहेको छ । बजारको माग भएमा १०० वटा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाउन तयार रहेका छौं ।’
नुवाकोट साईन्स क्लबमा आबद्ध रहेका युवाहरुले यस अघि नुवाकोटका महोत्सव, विद्यालय तथा अन्य कार्यक्रमहरुमा विज्ञान प्रदर्शनी तथा विभिन्न गतिविधि गर्दै आईरहेका छन् । यस मेसिनको साथै स्वचालित गृह कन्ट्रोल मेसिन, अटोमेटिक वाटर ट्यांक कन्ट्रोल प्रणाली लगायतका उत्पादनहरु बजारमा रहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया