SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२ गते
    १२८७ &#२३४६;&#२३३५;&#२३२५;

    दिपसागर पौडेल
    चर्को गर्मी याम र शुख्खा खडेरी सँगै पर्बतका विभिन्न सामुदायिक बनहरुमा आगलागी चर्कदै गएको छ प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक रूपमा बढेको छ डिभिजन बन कार्यलय पर्बतका अनुसार २५ सामुदायिक बनमा गरि अहिलेसम्म १५७ हेक्टर क्षेत्रफल आगोले सखाप भै सकेको र जिल्लाका विभिन्न ठाउँमा चर्को रूपमा फैलिएको आगोलाइ नेपाल प्रहरी शशस्त्र प्रहरी नेपाली सेना र स्थानीयहरुको पहलमा नियन्त्रण गर्न सफल भएको डिभिजन बन कार्यलयले जनाएको छ ।

    आगलागी बन बिनाशलाइ न्यूनीकरणका लागि भडखोरे सामुदायिक बन उपभोक्ता समुह कुनपा ७ खरेहाले बिहिवार एक कार्यक्रमको आयोजना गरि शुख्खा खडेरी र बनमा लाग्न सक्ने आगोको खतरालाई कसरी निर्वाण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ नव गठित उप समितिले युवाहरुको सक्रियताका साथमा परिचालन गरेको छ ।

    केसब रिमालको संयोजकत्वमा बन डढेलो नियन्त्रण संजाल उप समिति गठन गरेको छ साथै उपसंयोजकमा बालकृष्ण शर्मा र सदस्यहरुमा उमाकान्त शर्मा , तुलसी पौडेल , सफल शर्मा , अजिव शर्मा , सम्पूर्ण शर्मा , गणेश शर्मा , बलराम गिरि , ज्ञानु गिरि ,ओम प्रकाश शर्मा , सुरज सुवेदी , अमृत बिक र शुकबहादुर नेपाली रहेका छन् भडखोरे सामुदायिक बन समुहका अध्यक्ष तेज गिरि कान्छाका अनुसार यसरी हरेक वर्ष लाग्ने डढेलोलेे वन प्राकृतिक र मानवीय धनजनको क्षति हुनबाट बच्नका लागि उक्त उप समिति गठन गरेको बताउनुभयो ।

    ५०० मिटर लामो अग्निरेखा भित्र सुकेका दाउरा , घाँस र पतझरहरुलाइ सफा गरि बनलाइ डढेलो खतरा मुक्त गर्नुपर्नेमा युवा शक्तीहरुको गठन गर्नुपर्ने आबस्यक भएकोले युवाहरूको पहलमा सामुदायिक बन जोगाउन लागेको भडखोरे सामुदायिक बनका निबर्तमान अध्यक्ष खेमनाथ शर्माले बताउनुभयो ।

    ५७.५ हेक्टरमा फैलिएको उक्त बन समूहले रार्ष्ट्रिय स्तरमा विभिन्न पुरस्कार सम्मान पाउन सफल भएको छ यसलाई सर्बपक्षिय हिसाबले बचाउनु हामी सबैको कर्तव्य हो भन्दै भड्खोरे सामुदायिक बनकी सचीव मिठु शर्माले बताउनु भयो । मुलुकी ऐन, २०२० मा आगो लगाउने कार्यलाई फौजदारी अभियोगका रूपमा लिइएको छ। त्यस्तै वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापलाई बन्देज लगाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं