रवि प्रकाश कुशौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि ३१ सदसिय कमिटी गठन गरेको छ ।
राष्ट्रीय प्रजातंत्र पार्टीको कृष्णनगर नगर परिषद तथा अधिवेशनको अध्यक्षता राष्ट्रीय प्रजातंत्र पार्टीका क्षेत्रीय अध्यक्ष प्रताप सिंह चौधरीले गर्नु भयो ।
प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया अतिथिहरूमा राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्र, दिनेश चन्द्र गुप्ता, धुव्र राम रायमाझी, कृष्ण बहादुर चौधरी र कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह रहनुभयो भने ।
उक्त कार्यक्रममा वक्ता हरूले राष्ट्रीय प्रजातंत्र पार्टीको संगठन विस्तार गर्दै पार्टी लाई अझ सशक्त ढंग ले अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकता लगायत अन्यको उपस्थित रहेको थियो भने कार्यक्रम संचालन राष्ट्रीय प्रजातंत्र पार्टीका जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ल ले गर्नुभयो ।