News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    १४ सय ६९ मत गणना हुँदा पनि परिणाम उस्तै, अधिकारीको ५२ मतको अग्रता {सवै मतपरिणाम हेर्नुहोस्}

    पर्वत= पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका भएको निर्वाचनको मतगणना जारी रहेको छ । आज दिउँसोदेखि दुई ठाउँमा मत गणना गरिएको छ । अहिलेसम्म १४ सय ६९ मत गणना भएको छ ।

    अझै झण्डै ६ सयको संख्यामा मतगणना बाँकी रहेको निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार भोली विहान सम्म पुरै गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । अहिलेसम्म सार्वजनिक भएको १४६९ मत परिणाममा गोपि अधिकारीको अग्रता कायमै रहेको छ ।

    अधिकारीको पक्षमा ७ सय ३७ मत प्राप्त भएको छ भने शिव शर्मा पौडेलको पक्षमा ६ सय ८५ मत प्राप्त भएको छ । दुई उम्मेदवार बीचको फरक ५२ मत रहेको छ । त्यस्तै महिला सदस्यमा देवि अधिकारी र माया गिरी अघि हुनुहुन्छ । अन्य सदस्यहरुमा मिश्रित परिणाम आएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया