SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/२ गते
    ११७३ &#२३४६;&#२३३५;&#२३२५;

    रविन सुवेदी, सुचनाकेन्द्र डटकम पर्वत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीलाई सरकारमा १ दिन पनि बस्ने अधिकारी नभएको बताएका छन् । आज प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम यस्तो बताएका हुन ।

    आफुलाई संबिधान भन्दा माथी ठानेर ओलीले संसद बिघटन गर्ने जस्ता कामहरु गरेको कारण उनलाई सरकार कुनै हालतमा राख्न नहुने भन्दै यो सरकारको बिदाई कांग्रेसको एजेण्डा भएको बताए ।

    कांग्रेससँग आबश्यक मत नभएको कारण अबिश्वासको प्रस्ताव लान नसकिएको भन्दै आफुले पार्टी सभापती शेर बहादुर देउवालाई जुन पार्टीले केपी ओलीको बिरुद्ध अबिस्वासको मत ल्याउछ उसलाई सहयोग गर्नपर्छ भनेको समेत बताएका थिए । केहि महिना अगाडी प्रदेश १, प्रदेश नम्बर ३ लगायतमा पनि कांग्रेसले ओली पक्षको नेतृत्वमा बनेको सरकार ढलाईदिने भनेको बताए ।

    सरकारको नेतृत्व कांग्रेस गर्छ वा गर्दैन भन्ने एक प्रश्नमा नेता पौडेलले भने सरकारको नेतृत्व अरु दललाई दिएर भए पनि अहिलेको मुल एजेण्डा भनेको केपी ओलीको सर्बसत्ताबादी मानसिकतासहितको सरकार ढलाउने रहेको बताए । सरकारमा जो गए पनि हुन्छ जनताको काम गर्ने हो सबै मिलेर गर्दा राम्रो हुन्छ उनले भने ।

    यहि अबस्थामा केपी ओलीको सरकार अझै केहि समय टिकिरहने हो भने देश झनै दुर्दशा तिर जाने पौडेलको भनाई थियो । कांग्रेस अहिले निर्वाचनको तयारी नगरेको बताउदै अबको निर्वाचनमा कांग्रेसको बिजयलाई कसैले रोक्न नसक्ने पनि पौडेलको तर्क थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं