SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१ गते
    २५६३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । उद्योग बाणिज्य संघ पर्वतकाे निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र माओबादी केन्द्रका नेताहरुले एउटै मञ्चबाट साझा, स्वतन्त्र, समाबेशी व्यावसायिक प्यानलका अध्यक्ष गाेपी अधिकारी सहित प्यानलकाे बिजय निश्चित भएको बताएका छन् ।

    अाज उद्योग बाणिज्य संघमा गाेपी अधिकारी प्यानलकाे निर्वाचन परिचालन समितिले अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद पदम गिरीले अब याे टिमकाे जितलाई कसैले राेक्न नसक्ने बताएका हुन ।

    गिरीले व्यावसायिक हक, अधिकारकाे सुनिश्चितताकाे लागि पनि यहि प्यानलकाे बिकल्प नभएको बताउदै बिजय प्रश्चात पर्वतकाे समृद्धिमा उद्योग बाणिज्य संघले नया अायामकाे साथमा काम गर्नुपर्ने बताए ।

    त्यस्तै नेकपा माअाेवादी केन्द्र पर्वतका संयाेजक सुदिप कुवँरले गाेपी अधिकारीसहितकाे प्यानल सबैकाे साझा भएकोले यसकाे बिकल्प काेहि नभएको बताएका थिए ।

    कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भक्त कुवँर, सचिव तथा फलेवास नगरपालिका मेयर पदमपाणी शर्मा, माअाेवादी केन्द्रका कुश्मा नगर प्रमुख शंकर गिरी, जलजला गाउँ पालिका अध्यक्ष दिपक अार्चाय लगायतका नेताहरुले जितकाे शुभकामना दिदै सबै नेता कार्यकर्ताहरूलाई यहि अभियानमा लाग्न अाग्रह गरेका थिए ।

    अन्तरक्रिया कार्यक्रमकाे सञ्चालन ठाकुर बि पाैडेलले गरेका थिए भने अध्यक्षता गाेपी अधिकारी जिताउ अभियानका प्रमुख मीन प्रसाद श्रेष्ठले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं