
१मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
४पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
६वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
७विद्यालयलाई शैक्षिक सामग्री सहयोग
८जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
९कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१०सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
११स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत : आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि लामो समयसम्म व्यापार व्यवसायमा आवद्ध रहेका व्यवसायीहरुले व्यवसायिक साझा समूह बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । सदरमुकाम कुस्मा बजार सहित जिल्लाका अन्य ठाउँका उद्योगी तथा व्यवसायीहरुलाई समेटेर ‘संस्थामा सुसान ः व्यवसायमा आधुनिकीकरण’ भन्ने नाराका साथ सबैको साझा प्यानलको रुपमा शिव शर्मा पौडेलको नेतृत्वमा निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिएको हो । विधि, पद्धति, पारदर्शिता जस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आत्मसात गर्दै पर्वत उद्योग वाणिज्य संघको नेतृत्वमा उद्यमी व्यवसायीको हकहितका लागि हाम्रो आफूहरुको उम्मेदवारी रहेको त्यसमा विभिन्न फरक फरक क्षेत्रबाट प्रतिनिधित्व रहेको पनि व्यवसायीहरुले बताएका छन् ।
‘पर्वत उद्योग वाणिज्य संघ केवल उद्यमी व्यवसायीको हकहितमा मात्रै सीमित हुने गरेको छैन । समग्रमा यसले सिंगो पर्वत जिल्लाकै व्यावसायिक उत्थान र विकास निर्माणमा पनि उत्तिकै महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।’ अध्यक्ष पदका उम्मेद्वार पौडेलले भने, ‘उद्यम व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत योगदान गरी जिल्लालाई नै सुन्दर भविष्य दिन सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यो आवश्यकता हाम्रो टिमका उम्मेदवार निर्वाचित हुँदा पूरा हुन्छ भन्ने विश्वास गरेका छौं ।’
अथाह सम्भावना बोकेको पर्वत जिल्लाको जीवनस्तर उकास्न, सबैभन्दा पहिला यहाँको व्यावसायिक स्तर उकासिनुपर्ने, यहाँका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुनुपर्ने, कृषि उपजको उत्पादन आधुनिक र यान्त्रीकरण विधिबाट हुनुपर्ने, उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण हुनुपर्ने र ती कामका लागि अगुवाइ गर्ने, पहल कदमी लिने जिम्मेवारी पर्वत उद्योग वाणिज्य संघ र त्यसको नेतृत्वले आफूहरुले गर्न सक्ने पौडेलको भनाई छ । ती लक्ष्य र उद्देश्य पूरा गर्न उद्यम व्यवसायमैत्री वातावरण हुनुपर्ने र त्यसका लागि पनि झक्झक्याउने र व्यवसायमैत्री वातावरण निर्माण गर्न आफूहरुको यथेष्ट पहल रहने उनले बताए ।
अध्यक्षमा पौडेलको नेतृत्व उद्यमी व्यवसायीका लागि आफैंमा भरोसायोग्य नेतृत्व हुनेछ भन्ने हाम्रो विश्वास सहित पदाधिकारी र सदस्यहरुको समूह तयार पारिएको यो समूहले नै उद्योग वाणिज्यको क्षेत्रमा पर्वत जिल्लामा रहेका समस्याको अन्त्य र नयाँ विकासमा तत्पर रहने उम्मेद्वारहरुले बताएका छन् ।
औपचारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरि उम्मेद्वारहरुको नाम र पद सार्वजनिक गरिएको छ । जसमा महिला सदस्य पदका उम्मेद्वारमा अनिता मल्ल के.सी र पशुपति कार्की शर्मा (पूजा) तथा सदस्य पदका उम्मेद्वारमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, सुवर्ण अर्याल, कृष्णप्रसाद शर्मा, शम्भु जोशी, योगराज गिरी (बद्री), रामु शर्मा, शिव श्रेष्ठ, लक्ष्मण शर्मा, लोकनाथ अधिकारी, राजकुमार बस्नेत, विनोद आचार्य, शिवराज शर्मा, श्रीप्रसाद पौडेल, दिनेश श्रेष्ठ, राजु शर्मा, गणेश पौडेल टु आर जी, विज्ञान बम मल्ल र मोहन आचार्य रहेका छन् ।
उम्मेद्वारहरुलाई नेपाली काँग्रेस उद्योग वाणिज्य विभागका केन्द्रिय सदस्य विप्लव हमालले सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा व्यवसायीको साझा समूहले जीतेमा आगामी तीन बर्षको कार्यकालमा गरिने विभिन्न प्रतिबद्धताहरु पनि सार्वजनिक गरिएको छ । जसमा आधुनिक समयमा ‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने, उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने, पैयूँ र जलजला गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य संघ पर्वतका उपशाखालाई थप व्यवस्थित बनाउने र बाँकी रहेका पाँच स्थानीय तहमा उप शाखा खोल्न पहल गर्ने, पर्वतका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको विकास गरी तिनीहरुको प्रबद्र्धनका लागि विभिन्न निकायसँग पहल र समन्वय गर्ने, प्यान, भ्याट, टयाक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने, बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने, खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने, आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने भनिएको छ ।
यस्तै, कल्लेरी–बलेवा मोटरेबल पुल निर्माण गर्न पहल गर्ने, लप्सी, सुन्तला, कफी, अदुवा लगायत पर्वतका लोकप्रिय वस्तुको प्रशोधन गरी फरक फरक परिकार बनाउन उद्योग स्थापना गर्ने र उद्योगबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने, महामारीको कारणवश यदि महिनौसम्म उद्योग व्यापार, व्यवसाय चल्न नसक्ने स्थिती सिर्जना भएमा घरधनीहरुसँग समन्वय गरी घर भाडामा सहुलियत प्रदान गर्न थप पहल गरिने, पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइने, आगामी अधिबेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने, कुश्मा बजारका अनि व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिने, पर्वत उद्योग वाणिज्य संघमा रहेको विद्यमान कोषलाई अभिबृद्धि गरि ५ करोड र प्रत्येक उपशाखालाई २०÷२० लाखको कोष बनाइने, पर्वत उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु. १० लाखको निशुल्क दुर्घट्ना बिमा गरिने लगायतका प्रतिबद्धताहरु रहेका छन् ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुप्रसाद जोशीले लोकतन्त्रवादीहरुले नतिजेसम्म खुल्ला बजार नहुने र खुल्ला बजार नभएसम्म उद्योग, व्यापार र व्यवसायको प्रबद्र्धन हुन नसक्ने बताए । पर्वत उद्योग वाणिज्य संघ सहित देशैभरीको अवस्था हेर्दा उद्योग तथा वाणिज्यको क्षेत्र राज्य नियन्त्रित हुँदा व्यपारीहरुले खुलेर व्यापार गर्न नपाएको उनको भनाई छ


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया