SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२३ गते
    १००२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- व्यावसायीहरुको छाता संगठन पर्वत उद्योग बाणिज्य संघको आगामी अध्यक्षमा पर्वतका सफल व्यवासायी गोपि अधिकारीले घोषणा गर्नुभएको छ । आगामी चैत सात गते हुने १७ औँ अधिवेशनवाट अध्यक्ष बन्नका लागि उहाँले साझा समावेशी व्यावसायिक प्यानलको तर्फवाट उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँ यस अघि पर्वत उद्योग बाणिज्य संघको दुई कार्यकाल बरिष्ठ उपाध्यक्ष भैसक्नुभएको छ भने यस अघि अन्य पदमा समेत बसिसक्नु भएको छ । विशेषगरी वामपन्थी धारको मानिएपनि उहाँ साझा र समावेशी रुपमा अघि बढ्ने भन्दै आफ्नो समुहलाई सवै विचार, वर्ग र पक्षको साझा प्यानलको रुपमा अघि बढाउने बताउनुभएको छ ।

    https://www.facebook.com/100001353535560/videos/pcb.3864534046935008/3864531366935276

    शनिवार दिउँसो आफ्नो उम्मेदवारी घोषणा गर्दै अधिकारीले पर्वतका सम्पुणर् उद्योगी, व्यावसायिहरुको हित र कल्याणको निम्ति सँधैभर सक्रिय रहि जिल्लाको समग्र आर्थिक विकासमा टेवा पुर्‍याउन आफुले उम्मेदवारी दिएको बताउनुभयो । आफु उद्योग बाणिज्य संघमा बिजयी भएमा निष्पक्ष र तटस्थ भएर काम गर्ने साथै जिल्लाका उद्योगी, व्यावसायिहरुका हरेक समस्या समाधानमा सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

    विना राजनितिक भेदभाव विशुद्ध उद्योगी र व्यावसायीहरुको पक्षमा काम गरिने र आफु मात्र नभई आफ्नो समुहलाई पनि सवैको साझा समुहको रुपमा विकास गरी निर्वाचनमा जाने उहाँले बताउनुभयो । उक्त समुहवाट दावेदार रहनुभएका ठाकुर वि पौडेलले सहमति र सवैको प्रतिनिधित्व हुनेगरी नेतृत्व निर्वाचित गर्ने उद्धेश्यले यसपटक गोपि अधिकारीलाई अध्यक्षको रुपमा अघि सारिएको बताउनुभयो । उहाँले अधिकारीको नेतृत्वको समुहलाई अमुल्य मतदान गरी बिजयी गराउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जिल्लाको समग्र विकासमा उद्योग बाणिज्य संघको ठुलो भूमिका रहेको बताउँदै गोपि अधिकारीको नेतृत्वमा रहेको समुहलाई बिजयी गराउन उहाँले आग्रह गर्नुभयो । निश्चित राजनीतिक पार्टीको नेतृत्व नभई समावेशी र सवैका भावना समेट्न सक्ने नेतृत्व गोपि अधिकारीले प्रदान गर्न सफल हुनेमा विश्वास व्यक्त गर्दै उद्योगी र व्यावसायिहरुको हितमा निष्पक्ष भएर काम गर्न आग्रह मन्त्री लम्सालले गर्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल, नेकपाका नेताहरु मेघनाथ सुवेदी, भक्त कुँवर, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरिप्रसाद आचार्य, समाजसेवी मानकुमारी गिरी, राप्रपाका दिनेश पौडेल लगायतले गोपि अधिकारीको नेतृत्वमा रहेको साझा प्यानललाई बिजयी गराउन आग्रह गर्नुभयो । यो समुहले सकेसम्म सर्वसम्मत निर्वाचित हुनका लागि पहल गर्ने जनाएको छ ।

    उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवारी घोषणा पूर्व अध्यक्ष मिनप्रसाद श्रेष्ठले गर्नुभएको थियो भने संचालन ठाकुरवि पौडेलले गर्नुभएको थियो । पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक समुहवाट शिवशर्मा पौडेलले उम्मेदारी घोषणा गर्नुभएको छ ।

    https://www.facebook.com/100001353535560/videos/pcb.3864534046935008/3864531366935276

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं