SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१६ गते
    १७२९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेताहरुको लागि उद्घाटन शिलान्यास भन्ने कुरा राम्रै कुरा हो तर टेण्डर नै नभएको बाटामा यहि काम गर्न दौडिए भने आम नागरीकले के सोच्लान यो बिषय चर्चाको हुन सक्छ । नेताहरुलाई किन यस्तो भोक जाग्छ भनेर आलोचना पनि हुन्छ तर देशको पाचौं बरियतामा रहेको राष्ट्रिय सभा अध्यक्ष पनि यस्तैको पछि दौडिए भने के होला ?

    सुन्दा सामान्य र रमाईलो लागे पनि यो यथार्थ पर्वत जिल्ला कै कुरा हो । पर्वत जिल्ला कै स्थानिय भएको नाताले खोला नालामा बनेका पुल, स्कुलका भवन, बिकास निर्माणका काम शिलान्यास तथा उद्घाटन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आउनु राम्रँै हो तर ठेकेदार कम्पनीको पत्तो नलाग्दै बजेट मात्रै छुट्टिएको बाटोमा समेत आफ्नो पदिय मर्यादा भुलेर उद्घाटन गर्न आउनुलाई भने कहि कतै राम्रो मान्न सकिदैन ।

    कालिगण्डकी लोक मार्ग अन्तरर्गतको बिहादी देखि फलेवास ढिक खण्डको १ अर्ब २३ करोड कालोपत्रे सडकको प्राबिधिक मुल्यांकन गररीरहेको भएपनि आजको मितिसम्म कुनै पनि निर्माण कम्पनीले जिम्मा लिएको छैन । सडक भन्नेकुरा राम्रो हो, सरकारले बजेट छुट्याएको पनि छ तर ठेकेदार कम्पनी को हुन्छ भन्ने कुराको ग्यारेण्टी नहुँदै हतारमा गरिने शिलान्यासले कुनै अर्थ नराख्ने स्थानिय जनप्रतिधीहरु तथा राजनैतिक पार्टीहरुले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    मैले गरेको हो भनेर देखाउनको लागि राष्टिय सभाको अध्यक्ष जस्तो देशको गरीमामय ओहादामा रहेको मानिसले यो केहि नबुझे झै गरी रिवन काट्न हिडेको देखेर आफुहरु आश्चर्यमा परेको समेत उनीहरुले बताएका छन् । हाम्रो बाटो हो सरकारले बजेट दिएको छ । ठेकेदार कम्पनी जिम्मा लिएपछि उहाँले नै शिलान्यास गर्दा पनि हुने हो तर उहाँले हतार गर्नु भो उनीहरुले बताएकाछन् ।

    अझै स्मरणीय कुरा त यो छ कि यो सडकको खण्डहरु बिभिन्न समयमा निरन्तर उद्घाटन भैरहेका छन् । केहि समय अगाडी मौ हाल गण्डकी सरकारका पर्यटन मन्त्री बिकास लम्सालले पुलहरु तथा साना खडक खण्डहरु उद्घाटन गरेका थिए ।

    यता सडक बिभागका प्रमुख सुबोध देवकोटाले पनि ठेकेदार कम्पनीको प्राबिधिक मुल्यांकनको काम भएको भए पनि उद्घाटन गर्न मिल्ले बताउछन् । स्थानिय रुपमा यसलाई राम्रो मानिएको छैन जनप्रतिधिीले पनि बिरोध गरेका छन् । स्थानिय सरकारको सहभागीता बिना कसरी शिलान्यास हुन्छ भन्ने हाम्रो प्रश्नमा शिलान्यासको बिरोध गर्नेहरु बिकास बिरोधी हुन भनेर देबकोटाले बताएका छन् । उनले अझै थप्छन् शिलान्यास राजनैतिक कुरा हो हामीले सरकारले दिएको जिम्मा पुरा गर्ने हो त्यो पुरा गर्दैछौं भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं