SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१३ गते
    १५०८ &#२३४६;&#२३३५;&#२३२५;

    रविन सुवेदी, पर्वत । ऐतिहासिक रुपमा आयोजना गरीएको दोस्रो मगर महोत्सवको तयारी लगभग ९० प्रतिशत सकिएको छ । अब केहि काम मात्रै बाकी रहेको आयोजक संस्था पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनले बताएका छन् । आज महोत्सवको पुर्व सन्ध्यामा आयोजना गरीएको पत्रकार भेटघाट कार्यक्रममा पुनले यस्तो कुराको जानकारी गराएका हुन ।

    पुनका अनुसार यसपाली महोत्सवलाई उद्घाटन पर्वत जिल्लाका प्रतिनिधि सभा सांसद पदम गिरीले गर्ने छन् । साथै कार्यक्रममा दैनिक जसो राष्टीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । लोक दोहोरी क्षेत्रका अधिकासं हस्ती गायक गायिकाहरु, सुगम संगितका हस्तीहरुको साथमा देश कै चर्चामा रहेका कलाकारहरु तथा कन्सर्ट पनि हुने बताइएको छ ।

    २२० स्टलमा २०० बढी बुक भैसेको र भोलीसम्ममा त्यो पनि सकिने बताएका छन् । महोत्सवमा ८ वटा होटलहरु हुनेछन् ति सबै बुक भैसकेको बताइएको छ । रमाईलो मेला लगायतको समाग्री निर्माण भैसकेका छ ।

    रमाईलोको साथै यसपाली दोस्रो मगर महोत्सवको अर्को आर्कषण भनेको भलिवल खेल हो । प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख ५१ हजार सिल,मेडल र प्रमाणपत्र रहेको छ । ५ टिम दर्ता भैसकेका छन् भने अन्य टिम आउदै गरेको बताएको छ । महोत्सवमा कम्तीमा एक लाख बढी दर्शकहरुको सहभागीता हुने आयोजकले बताएको छ । क्लवका अध्यक्ष कृष्ण पुुनको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन महोत्सवको अफिसियल मिडिया सुचनाकेन्द्र डटकमका प्रधानसम्पादक बैकुण्ठ गिरीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं