SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/७ गते
    १७७७ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । कोरोना भाईरसले थला पारेको ब्यावसायलाई नयाँ उर्जाको साथ बिकास गर्न भन्दै पर्वतमा यहि फाल्गुन १५ देखि २५ गतेसम्म कुश्माको वडागाउ चौर खेल मैदानमा पुन युवा क्लबको आयोजनामा ऐेतिहासिक दोस्रो मगर महोत्सव हुने हुदै छ । महोत्सव कोरोना महामारी पछिको धौलागिरी क्षेत्रमै पहिलो हो । २२० ब्यापारीक स्टल सहित ८ वटा होटलहरु रहने महोत्सवको ८० प्रतिशत भन्दा स्टलहरु बुक भैसकेको आयोजकले जनाएको छ ।।

    आयोजन पुन क्लवका अध्यक्ष कृष्ण पुनका अनुसार यो सबै काम अपेक्षा भन्दा तिब्र गतिमा भैरहेको छ । दर्शकहरु हाम्रो महोत्सवलाई हेर्न तिब्र आकांक्षाको साथ कुरेर बस्नु भएको छ ।। पुनले भने रमाईला मेला, बाल उद्यान लगायतको सामान बढागाउँ चौरमा आईसेको छ । बार बन्देज र स्टलहरुको काम पनि तिब्र रुपमा अगाडी बढीरहेको छ ।

    खुल्ला भलिवल नेपाल कै अत्याधिक राशीको हुनेछ ।। प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख ५१ हजार सिल,मेडल र प्रमाणपत्र रहेको छ, भने द्धितिय १ लाख र सान्त्वना हुने दुई समुहलाई ३०÷३० हजार सिल,मेडल र प्रमाणपत्र व्यवस्था गरेको आयोजकले हामीलाई बताएको छ ।

    साथै मेलामा विद्यालय स्तरीय तृत्य प्रतियोगित,पुख्यौँली नृत्य प्रतियोगिता,रत्यौली गीत प्रतियोगिता, लोकभजन चुडका प्रतियोगिता समेत आयोजना गरिएको सम्मेलनमा जानकारी गराइएको छ । दैनिक जसो रमाइलो मेला र सास्कृतिक कार्यक्रमहरु हुनेछन् ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं