
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
राजविराज, । राष्ट्रिय दलित मुक्ती जागरण अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले दलित समुदायलाई राजनीतिक दलहरुले अहिलेसम्म भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा आफै गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सप्तरीको राजविराजमा शनिवार सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा राष्ट्रिय दलित मुक्ती जागरण अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । दलित एवम् उत्पीडित समुदायमाथि हत्या, हिंसा, बलात्कार जस्ता जघन्य घटनाहरु भईरहँदा पनि सरकार मात्र नभई राजनीतिक दलहरुले मौनता साधेको बताउँदै उनले भने ‘दलित समुदायलाई राजनीतिक दलहरुले भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा दलित समुदाय गम्भीर बन्नु आवश्यक छ ।’
सरकारको मौनताले कडा परिश्रम गर्ने दलित एवम् उत्पीडित समुदायलाई भोकभोकै मर्नुपर्ने बाध्यता आइलागेको चर्चा गर्दै उनले भने ‘पटक–पटक आन्दोलन भए, ती आन्दोलनहरुमा दलितसहित उत्पीडित समुदायले भोकभोकै बसेर सहभागिता जनाए, दर्जनौंले बलिदानी पनि दिइरहे तर, अझै दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने फेरिएको छैन् ।’ गरीब झन गरीब भएका छन् भने सामन्त जमिनदारहरु नै सत्तामा पुगेर थप सवल भएका छन् ।’
सामन्त जमिनहरु नै सत्ता पुगे पनि उत्पिडितलाई हेर्ने दृष्टिमा फरक नआएका कारण आज पनि उत्पीडित समुदायलाई भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेको विद्रोहीले बताए । अब पनि दलित समुदाय सचेत नभए समाजमा दशकौं उत्पीडनबाट मुक्ति पाउन नसकिने उनले दावी गरे ।
राजनीतिमा लागेका केही दलित अगुवाहरुलाई समेत समुचित अवसरबाट वञ्चित गरेर कार्यकर्ताको रुपमा प्रयोग गर्न खोजेको बताउँदै उनले भने ‘हरेक राजनीतिक परिवर्तनहरुमा दलित समुदायले सहभागिता मात्र नभई बलिदान समेत दिएका छन् तर अवसरमा भने अझैं समानता पाउन सकेको छैन त्यसैले हामी सधैं अरुकै लागि लड्यौं, अब आफ्नैलागि एकतावद्ध भएर संघर्ष गर्नुको विकल्प छैन ।’
राजनीतिमा अब आफ्नै उम्मेदवार बनाएर जिताउनुपर्नेसम्मकालागि तयारी गर्नुपर्नेमा सामाजिक अभियन्ता समेत रहेका कार्यक्रमका प्रमुख अतिथि विद्रोहीले सचेत गराए । सप्तरीको राजविराज र दैलेख बजारबाट एकैसाथ अभियान सुरु भएको हो ।
राजविराजस्थित रंगशालाबाट झण्डै १० हजार व्यक्तिको सहभागीतामा निलिएको र्यालीले ‘अरुकोलागि लड्यौं पटक–पटक, आफ्नोलागि लडौं यस पटक’, ‘दलितलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर’, ‘दलित समुदायमाथि भएका दमनमा संलग्नलाई कारवाही गर’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेको छ ।
पटक पटक भएको आन्दोलनमा दलितसहित उत्पिडित समुदायले बलिदानी दिइरहेपनि सामाजिक, आर्थिक र राजनीतिक अवस्था अझै नफेरिएको भन्दै बाध्य भएर देशव्यापी रुपमा जागरण अभियान थालिएको जनाइएको छ ।
पछिल्लो पटक बन्दाबन्दीको समयमा पनि दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेकोले रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, हिंसा, बलात्कार लगायतका घटना विरुद्ध अभियान तहत काठमाडौंसम्म प्रदर्शन अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रथमलाल राम, फूलोदेवी सदा, ललिता दास, डा.मिश्र परियार, रामस्वरुप सदा, चन्देश्वर दास, असर्फी सदा, सिफैत मण्डल, बद्री मण्डल, सियाराम पासवान, मनोज मेहतर, जगजिवन राम, बौवालाल शर्मा, उदय मण्डल, रामप्रसाद राम लगायतले सम्बोधन गरे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया