News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    यसरी हुँदैछ फाल्गुन १५ देखि २५ गतेसम्म कुश्मा वडागाउ चाैरमा दोस्रो मगर महोत्सव

    पर्वत- यहि फाल्गुन १५ देखि २५ गतेसम्म कुश्माको वडागाउ चौर खेल मैदानमा पुन युवा क्लबको आयोजनामा ऐेतिहासिक दोस्रो मगर महोत्सव हुने भएको छ । महोत्सव कोरोना महामारी पछिको धौलागिरी क्षेत्रमै पहिलो हो ।२२० ब्यापारीक स्टल सहित ८ वटा होटलहरु हुनेछन् ।।

    खुल्ला भलिवल नेपाल कै अत्याधिक राशीको हुनेछ ।। प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख ५१ हजार सिल,मेडल र प्रमाणपत्र रहेको छ, भने द्धितिय १ लाख र सान्त्वना हुने दुई समुहलाई ३०÷३० हजार सिल,मेडल र प्रमाणपत्र व्यवस्था गरेको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

    साथै मेलामा विद्यालय स्तरीय तृत्य प्रतियोगित,पुख्यौँली नृत्य प्रतियोगिता,रत्यौली गीत प्रतियोगिता, लोकभजन चुडका प्रतियोगिता समेत आयोजना गरिएको सम्मेलनमा जानकारी गराइएको छ । दैनिक जसो रमाइलो मेला र सास्कृतिक कार्यक्रमहरु हुनेछन् ।।

    लाेक कल्याणकारी

    प्रतिक्रिया