SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/४ गते
    ११८० &#२३४६;&#२३३५;&#२३२५;

    विकासराज पौडेल पर्वत ।
    बहुप्रतिभाका धनी धौलागिरीका चर्चित हाँस्यकलाकार गजलकार तथा सञ्चारकर्मी निर्मल पौडेल एन पी घायल र सञ्चारकर्मी कलाकार अर्जुन थापाको मौलिक लोक रत्यौली ‍`बेसारे माया ´सार्वजनिक भएको छ ।

    मोफसलमा रहेर सन्चार जगत संगै कलाकारीतामा एक दशक बिताएका पौडेल र थापाको बेसारे माया आर्ट नेपालको युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

    विशेषगरि रत्यौली बिवाहा उत्सवमा बेहुला पक्ष वेहुली लिन घरबाट निस्केपछि महिला आमा दिदिबहिनीले गाएर नाचगान गर्ने प्रचलन रहेको छ। पश्चिम नेपालमा रत्यौली लोकप्रिय मानिनुका साथै परम्परा तथा संस्कृती पहिचानको प्रतिकको रुपमा समेत बिद्दमान रहेको पाइन्छ।

    पछिल्लो समयमा रत्यौली मेला महोत्सव र अन्य विभिन्न उत्सवका कार्यक्रमहरुमा गाइनुका साथै प्रतियोगिताका रुपमा प्रस्तुत गर्ने गरिन्छ । महिला आमादिदिबहीनीहरुले मात्र नगाएर दाजुभाइ दिदिबहिनी र प्रेमी प्रेमिकाको बिचमा रत्यौली मार्फत सुखदुःख आदानप्रदान गर्ने समेत गरिन्छ ।

    बेसारे मायामा बैवाहिक उत्सवमा भेट भएका केटा र केटीको बिचमा हुने मपाइत्व अर्थात तँ भन्दा म के कम भन्ने खालको होडबाजी लाई छर्लङ्ग पार्न खोजिएको छ ।

    माया लाएर पनि नलाए जस्तो गर्ने प्रेमी र प्रेमीकाको अन्तर्मनको आशंका लाई उतार्नुका साथै प्रेमील शृङ्गार लाई केन्द्रमा राखेर रत्यौलीमा घमासन गरिएको छ।

    हाँस्यकलाकारिता,गजल,अन्य साहित्य र पत्रकारीतामा अव्वल एन पी घायलको यो तेस्रो सांगितिक प्रस्तुति रहेको छ ।

    शव्दले चोटिलाे प्रहार गर्न सक्ने अदभूत क्षमता र प्रतिभाका धनी घायलले यो भन्दा अगाडी थापा काजी संगकै सहकार्यमा `भन्छ यो मनले कति रुने हो´, `ढल्किने´जवानी एल्बम बजारमा ल्याइसकेका छन् ।

    कर्णप्रिय संगै जादुमय स्वरका धनी थापा काजी अभिनयमा उत्तीकै पोख्त छन। बेसारे मायामा सुमधुर स्वर थापा र गायिका बिन्दु सुनारको रहेको छ।

    गीतमा अर्जेवा आमा समुहको लय रहेको छ भने बिनोद बाजुरालीले संगीत भरेका छन । आर्ट नेपालले दृश्यनिर्माण गरेको म्युजिक भिडियोको निर्देशन, सम्पादन र छायांकन किसान बिसीले गरेका हुन।

    भिडियाेमा नृत्य निर्देशक तथा कोरियोग्राफर खुम पुन मगर र शुस्मा पाइजा लगायतको उत्कृष्ट अभिनय रहेको छ। बेसारे मायाले धेरै दर्शक श्रोताको माया पाउने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं