
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय बन्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ
देशभर बन्द रहेको चलचित्र घरहरु संचालनमा आएसँगै ¬काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा रहेको जिल्लाको पुरानो हल शुभकामना हलले आफ्नो स्वरुप नै परिवर्तन गरि नयाँ तरिकाले हल संचालनमा ल्याएको छ ।
हलका संचालक दुर्गालाल प्रधानले लामो समय बन्द रहेको हल नयाँ साजसज्जाका साथ संचालनमा ल्याइएको बताए । प्रधानले भने,–‘अब अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुर्णरुपमा एसी, डल्बी साउण्ड सिस्टम र अत्याधुनिक सिटसहित मल्टिप्लेक्सको सुविधामा हल संचालन गरिएको छ ।’
कोरोना भाइरसले नेपाली फिल्मी क्षेत्रलाई नराम्रो असर पारेको उल्लेख गर्दै उनले ११ महिना भन्दा बढि हल बन्द गर्नुपर्दा फिल्म व्यावसायीलाई निकै मार परेको बताए । जिल्लाको व्यापारिक शहर बनेपामा रहेको शुभकामना हल माघ १ गतेबाट संचालनमा आएसँगै चलचित्रकर्मीहरुले केही राहत महसुश गरेका छन् । साथै नेपाली चलचित्रलाई माया गर्ने र मन पराउने दर्शकहरुमा पनि हल संचालनमा आएसँगै नयाँ तरंग पैदा भएको छ । हल संचालनमा आएको पहिलो दिन नै हलमा उल्लेख्य मात्रामा दर्शकको उपस्थिति रहेको छ ।
नेपाल सरकारको मापदण्डलाई मध्यनजर गर्दै माक्स, सेनिटाइजर, सामाजिक दुरि कायम गरि शुभकामना हल संचालन भएको हो । माघ १ आज बाट नेपाली तथा हिन्दी चलचित्र प्रदर्शन भैरहेको छ । प्रत्येक दर्शकलाई मास्क सित्तैमा दिइने र प्रत्येक शो पछि हल पुर्णरुपमा सेनिटराइज गरिने हल संचालक प्रधान बताउँछन् ।
घर बनाउन तयार नक्सा परिवर्तन गरी सिनेमा हल नेपाली चलचित्रलाई नै व्यवसयाको रुपमा संचालन गर्ने उद्देश्यसाथ शुभकामना सिनेमा हलका संचालक दुर्गालाल प्रधानले घर बनाउनको लागि तयार पारिएको नक्सालाई परिवर्तन गरी सिनेमा हल बनाएका थिए ।
शुभकामना हलबाट चलचित्रका व्यापार सुरु गरेका प्रधान नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्र प्रदर्शकका रुपमा सुरुवात देखिनै चिनिन्थे । २०५७÷०५८ सालमा बनेपामा ‘शुभकामना हाइभिजन हल’ खोलेर चलचित्र क्षेत्रमा हात हालेका प्रधान बागबजारमा रहेको बुबाको एउटा पसलमा बुबा र भाइसँगै बस्थे । बुबासँग तीस लाख रुपैयाँ लिएर बनेपामा घर बनाउन लागेको नक्सा समेत बनेको जग्गामा हल बनाएका थिए प्रधानले । उनको चाहना र रुची फिल्मप्रति भएकोले घरलाई हल बनाउने आँट गरेका थिए ।
त्यतिबेला काठमाडौँ प्लाजामा समेत भिडियो हल थियो । त्यहाँ अंग्रेजी फिल्मसमेत चल्थ्यो । नयाँ फिल्म लाग्यो कि उनी हेर्न गइहाल्थे । सदा झै एकदिन उनी काठमाडौँ प्लाजामा फिल्म हेर्न पुगे । फिल्म हेर्दा हेर्दै उनको मनमा बनेपामा हल बनाउन पाए त राम्रो हुन्थ्यो होला भन्ने लाग्यो । त्यसपछि उनले पाटनको मामाघर जाँदा लगनखेलस्थित ललित हल पुगे । त्यहाँ दर्शकको भिडभाड देखे । बनेपामा हल निर्माण गर्ने उनको सोचमा झन् ऊर्जा भरियो । हलमै गएर उनले मेनेजरलाई प्रश्न गरे–‘हल बनाउन कति खर्च लाग्छ ?’
मेनेजरबाट ३०/ ३५ लाखमा हल बन्ने जवाफ पाएपछि उनी घर फर्किए । परिवारका सदस्यसँग उनले हल बनाउने कुरा गरे । ‘हामी काठमाडौँ बस्ने हो, बनेपामा किन घर चाहियो ? पुर्ख्यौली घर बनेपाभन्दा दुई किलोमिटर पर छँदैछ’ भनेर परिवारका सदस्यहरुलाई सम्झाए । घरभन्दा हल बनाउन उचित हुने प्रस्ताव राखे । उनका बुबाले ‘फिल्म लाइनमा लागेर, हल बनाएर काम छैन’ भन्ने जवाफ त्यतिबेला दिएको सम्झन्छन् उनी ।
त्यसपछि उनले शनिबारको दिन लगनखेलको ललित हलमा उनले बुबालाई फिल्म देखाउन लगे । ‘हलमा भिड देखेर बुबा छक्क पर्नुभया । यसमा पो पैसा रहेछ । त्यो पनि क्यास ! भनेर बुबा हल बनाउन राजी हुनुभयो ।’ प्रधान भन्छन् । बुबाको अनुमतिपछि घरको नक्सा क्यान्सिल गरेर हलको नक्सा बनाएको उनी स्मरण गर्छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया