SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/२३ गते
    ९७७ &#२३४६;&#२३३५;&#२३२५;

    विजयनगर, । कपिलवस्तु जिल्लाको विजयनगर गांउपालिका वडा नं ६ प्रेमनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयनगर गांउकमिटी को आयोजना मुनिस मनिहार को अध्यक्षता तथा गिरधारी लाल न्यौपाने को प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य बालकराम बुढा र अतिथिमा नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली रहनु भयो ।

    कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा शक्ति सडकमा रहेको र यो जनताको आन्दोलन हो भन्ने कुरा बताउदै सरकारले आफ्नो गल्ती सुधारेनन भने अझ ससक्त आन्दोलन हुने बताउनुभयो ।

    लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हाम्रो पार्टी लाई धोखा दिने काम धेरै पटक भयो राजतंत्र हटाएर आफूहरु नै गणतंत्र स्थापना गरेको बताउदै मुख्यमंत्री लाई राजनीति गर्ने हो भने मुख्यमंत्रीको पद छोडेर राजनीति गर्न सुझाव दिदै
    अन्तिम समयमा आफूहरु संग मिल्नु बाहेक बिकल्प नरहेको बताउनुभयो ।

    कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य अब्दुल रौफ, नेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुन , नेकपा विजयनगरका इन्चार्ज अर्जुन सापकोटा ,नेकपा शिवराज नगर कमिटी सचिवालय सदस्य चिन्ता परियार वार्ड कमिटी सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, तोफेल खान, कैफ खान
    लगायत सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन भने दिपेन्द्र बहादुर महराले गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं