SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/१९ गते
    १०६३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं।
    शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित पौष १७ गते कथा एक्सप्रेस युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

    नेपालका ५५ जिल्लाका ६० जातजातिका झण्डै २०० जना बाल कलाकारले अभिनय गरेको यस म्युजिक भिडियोले शिक्षक, विद्यालय, राज्य, नेता नेतृत्व, परिक्षा प्रणाली लगाएत शिक्षाको समग्र प्रणालीलाई प्रश्न गर्दै गितमा आफ्नै माटो सुहाउँदो शिक्षाको माग गरेको छ । यस गितका रचनाकार, गाएक तथा संगितकार रतन देवकोटा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् ।

    शिक्षामा अब परिर्वतन गर्ने बेला आएकोले शिक्षासँग जोडिएका सबै सरोकारवालालाई थप जिम्मेवार तथा परिर्वतनको बाटोमा सरिक बन्नको लागि शैक्षिक प्रश्न गरेको गितकार देवकोटाले बताएका छन् । प्रश्न र आलोचन मात्रै गितमा समेटिएको छैन । गितको अन्तिम हरफमा गरिखाने अथार्थ वैकल्पिक शिक्षाको आवश्यकता औंलाएका छन् । जीवन उपयोगि शिक्षा प्रदान गर्ने विद्यालयको स्थापना गर्न सुझाएका छन् ।

    गितको उत्पादन कथा एक्सप्रेस मिडियाले गरेको छ । केपि देवकोटाको निर्देशनमा र्निमित यस म्युजिक भिडीयोमा विद्यार्थी तथा शिक्षक लगाएतको भुमिकाको अभिनय गर्ने कलाकारहरु खोटाङको डाँडागाउँमा अवस्थित शुभम् फाउण्डेशनका शिक्षक तथा विद्यार्थीहरुले गरेका छन् । गुणस्तरिय तथा वैकल्पिक शिक्षाको आवाज उठाउने शैक्षिक अभियान्ता रतन देवकोटाका थप गितहरु बजारमा आउँदैछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं