
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
निर्मल पौडेल पर्वत, कुस्मा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले कुस्मा नगरपालिका ११ सिल्मीको श्री स्यानीपोखरी प्राथामिक विधालयमामा अध्ययनरत करिव ८० जना विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
शुक्रवार विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी विधालयमा अध्ययनरत गरिव तथा जेहन्दार विधार्थिहरु लाई झोला र कापीकलम वितरण गरेको हो । शिक्षाप्रेमी हरी पौडेल,राज पौडेल र वार्ड नम्वर ११ को आर्थिक सहयोगमा उक्त सामाग्री खरिद गरिएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा कुस्मा नगरपालिका वार्ड नम्वर ११ का अध्यक्ष शिव शर्मा पौडेलले मुलुकमा भैरहेको राजनीतिक अस्थिरताका कारण अन्य क्षेत्रसंगै शैक्षिक क्षेत्रमा पनि ठुलो प्रभाव परेको वताए । कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय समितीका प्रमुख उद्दिमराज पौडेलले अवको शिक्षा जनमुखी र व्यवहारिक हुनुपर्नेमा जोड दिए ।
कुस्मा नगर शिक्षा अधिकृत दिपक सुवेदीले विधालयको सर्वाङ्गीण विकासमा शिक्षक , विधार्थी र अभिभावक विचमा त्रिकोणत्मक सम्वन्ध हुनुपर्ने वताए ।
यस्तै नेकपा कुस्मा नगर कमीटि अध्यक्ष शंकर गिरीले आजका वालवालिका भोलि देशका कर्णदार भएको भन्दै शिक्षा लिनवाट कोहीपनी वञ्चित हुन नहुने जिकिर गरे । गिरीले प्राथाकि शिक्षा वालमैत्री हुनुपर्नेमा जोड दिँदै देशमा विधमान सैद्धान्तिक शिक्षा नीति परिवर्तन हुनुपर्ने आवश्यकता औँलाए ।
यस्तै विधालयका प्रअ राम वहादुर केसीले विधालयको भौतिक तथा शैक्षिक विकासमा आँफू निरन्तर लागिपरेको भन्दै सामुदायिक विधालयमा आँफुहरु उत्कृष्ट स्थान हाँसिल गर्न कसरत गरिरहेको वताए ।
कार्यक्रममा वोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका संस्थापक सचिवालय सदस्य चर्चित गायक कृष्ण अखेलीले लोक दोहोरी कलाकार हरुको संस्थाले गीत संगितमा मात्र सीमित नभई सामाजिक क्षेत्रमा सिर्जनात्मक तथा रचनात्मक कार्यहरुमा पनि उत्तिकै अग्रसर भएको वताए । गण्डकी प्रदेशका द्धितिय उपाध्यक्ष आर.सी पौडेलले लोक गीत संगित नेपालीहरुको मौलिक सम्पती भएकोमा जोड दिँदै वेजोड सांगितीक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा विधालय व्यवस्थापन समितीका अध्यक्ष दुर्गा वहादुर नेपाली, पुर्व गाविस अध्यक्ष खुम प्रसाद सुवेदी,नेपाली काँग्रेस प्रतिनिधी दया सुवेदी,कुनपा कार्यपालिका सदस्य राधिका सुवेदी,शिक्षक अभिभावक संघका अध्यक्ष दिवाकर नेपाली,विधालयका सुचना अधिकारी खिमलाल सुवेदी,स्थानिय शिक्षाप्रेमी राज पौडेल लगायतले वोलेका थिए ।
कार्यक्रममा वोल्ने वक्ताहरुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रम निकै सह्रायिन भएको वताए ।
समापन कार्यक्रममा वोल्दै कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालले प्रतिष्ठानको सामाजिक कार्य अन्र्तगत विधालका वालवालिकाहरु लाई उक्त सामाग्री वितरण गरिएको भन्दै यसभन्दा अगाडि शिवालय विधालयका दृष्टीविहिन विधार्थीहरु लाई शैक्षिक सामाग्री वितरण, जिल्ला कारागारका कैदीवन्दीहरुलाई रेडियो वितरण लगायतका कार्यहरु गरिसकेको स्पष्ट पारे । यस्तै गदालले आफ्नो कार्यकालमा अझै सामाजिक कार्यमा प्रतिष्ठान लाई अग्रसर वनाउँदै लैजाने दृढ संकल्प गरे ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका प्रथम उपाध्यक्ष पुजा कार्की शर्मा ,कोषाध्यक्ष ज्ञानु शर्मा, सहसचिव सुदिप क्षेत्री,सदस्य निर्मल पौडेल एन.पि.घायल ,सिता पौडेल रोट्¥याक्ट क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेल,विधालय व्यवस्थापन समितीका पदाधिकारी,शिक्षक अभिभावक लगायत शिक्षाप्रेमी वुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दिपक गदालको अध्यक्षता कु.न.पा. ११ का अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक गायक सुमन केसी र सञ्चालन जिल्ला सचिव सन्तोष सुवेदीले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया