SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/७ गते
    २५९१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । हुनत राजनिती भनेकै अबसरहरुको खेल हो भन्ने भनाई छ । तर यतिबेला नेकपा बिभाजन हुदा पर्वतमा भने आन्तरीक राजनितीको निकै चर्चा भैरहेको छ । त्यसमाथी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपाको पुर्नगठन गरेको र त्यसमा पर्वतबाट केन्द्रिय सदस्यमा परेका नेता मनोहर बि. पौडेलको चर्चा अलि बढी छ ।

    पुर्व साँसद तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरी र प्रदेश सभाका सदस्य तथा गण्डकी प्रदेशका मन्त्री बिकास लम्साल केन्द्रीय सदस्य हुदा जति सामान्य रुपमा लिइएको छ तर मनोहर बि. पौडेल केन्द्रिय सदस्य हुँदा भने सामान्य रुपमा लिइएको छैन ।

    यतिबेला जिल्लाका राजनैतिक गफ हुने चोकमा पौडेलको चर्चा कहि न कहि भैरहेको छ । माधव नेपाल समुहमा लामो समय लागेका र नेपाल समुहबाट नै जिल्ला समन्वय समिति पर्वतको प्रमुख भएका पौडेलले गुट परिवर्तन गरेको सामान्य चर्चा पहिला गरिएको भए पनि समुहलाई नै यसरी चक्मा देलान भन्ने कल्पना भने नभएको नेपाल समुहका एक नेताले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    उनले भने पौडेलले माधव समुहबाट पाउनु पर्ने कुरा पाइसकेको र अब उनको बाटो त्यहि नै भएकोमा आश्र्चय नलागेको बताए पनि पार्टी भित्र र आम पर्वतका नागरीकमा भने यसले थप चासो पैदा गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं