SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/४ गते
    ७५६ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु ।
    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरको विद्यालयमा लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    शैख अब्दुल रसिद मदनीको अध्यक्षता र UKAID को आर्थिक सहयोग VSO र International Alert को सहकार्य र माहुरी होम द्वारा संचालित सहज परियोजना अन्तर्गत कोभिड-१९ तथा लैंगिक हिंसा बिरूद्ध धर्मगुरु हरू संग छलफल कार्यक्रम भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली र रामजी पाठक रहनु भयो। विशिष्ट अतिथिमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी रहनुभयो।

    कार्यक्रममा बोल्दै मौलाना मसहूद खां नेपालीले मुस्लिम धर्मको धार्मिक ग्रन्थ कुरान सरीफमा महिला लाई धेरै अधिकार दिएको बताउदै त्यस्को एउटा अध्यायमा (सूरह निसा ) महिला अधिकारको ब्याख्या गरेको जिक्र गर्दै आमाको खुट्टा मुनि स्वर्ग रहेकाले समेत महिला सबैभन्दा माथी नै स्थान रहेको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले स्लाम धर्मको धार्मिक पुस्तक हरूमा महिला र पुरुष बिच भेदभाव नरहेको बताउदै अन्तिम दूत मोहम्मद सल्लल्लाहु अलैहे वसल्लमको भनाईको जिक्र गर्दै भनेकी यदि कसैले दुइवटा केटीको पालनपोषण र राम्रो शिक्षा दिदै उमेर पुगेपछि राम्रो परीवारमा विवाह गरिदिए भने त्यस्तो व्यक्ति र म स्वर्गमा संगै हुने बताउनुभयो साथै स्लाम धर्ममा महिलाको लागी (आमा, छोरी, दिदी, बहिनी, स्वास्नी) लाई पैतृक सम्पत्तिमा समेत हक हुने व्यवस्था रहेको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की ले छोरा छोरी सबैलाई समान व्यवहार गर्नु पर्नेमा जोड दिए।

    जाहिद आजादले छोराछोरीको बिहेको उमेर पुगेपछि मात्र विवाह गर्नु पर्ने, छोराछोरी सबैलाई समान रुपले राम्रो शिक्षा दिनु पर्ने बताए।
    शैख अब्दुल रसिद मदनीले एउटा शिक्षित छोरीले दुईवटा परिवारमा शिक्षाको प्रकाश फैलाउने गरेको बताए ।

    कार्यक्रममा हिन्दू धर्मका अगुवा समेतले हिन्दू ग्रन्थ हरूमा
    नारीहरूको उच्च सम्मान रहेको वक्ता हरूको जोड थियो ।

    कार्यक्रममा मौलाना अकिल नइमी, मौलाना नियाज सउद अहमद, मौलाना अब्दुल सकुर मदनी, मौलाना असलम मदनी, मौलाना अकरम, मौलाना अब्दुल नूर, मौलाना जहिर अहमद बरेलवी, सालिकराम, राम निवास, कन्हैया लाल, सीताराम, रामजी, शंकर लाल लगायत अन्यको उपस्थित रहेको थियो ।

    कार्यक्रम संचालन भने गंगा यादवले गर्नु भयो । कार्यक्रममा अन्य सहयोग भने चितवन ठाकुरको रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं