SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/२६ गते
    १०८१ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु, ।
    कपिलवस्तु जिल्लाको कृष्णनगरमा अवस्थित मुस्लिम कमिटीको हालमा इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां को अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा चाइनामा भएको मुस्लिम समुदाय माथिको दमनको घोर बिरोध गरिएको र मुस्लिम माथिको दमन सहन नहुने समेत सहभागी हरूको जोड थियो ।

    साथै मुस्लिम हरूको महान चाड इद र बकर ईद मा सरकारले बिदा दिनुपर्ने कुराको माग समेत गरियो भने सरकारी जागिरमा मुस्लिम कोटा छुट्याएर मुस्लिम समुदाय लाई राज्यले समबोधन गर्नु पर्ने, उच्च शिक्षा संचालनमा रहेका मदरसा हरूको सरकारी सरह डिग्रीको मान्यता दिनुपर्ने , त्यसमा पढाउने शिक्षक र भौतिक पूर्वाधार को समेत व्यवस्थापन सरकारले गर्नु पर्ने जस्तो कुरा मा विस्तृत छलफल भएको इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां ले जानकारी दिए ।

    उक्त कार्यक्रममा मौलाना मुस्ताक अहमद, मौलाना अकिल, मौलाना अब्बास अली, हाफिज यार मोहम्मद, मौलाना जहिर अहमद, मौलाना अब्दुल खबिर, अब्दुल रहमान नूर मोहम्मद , अहलेसुन्नत इस्लामिया नइमियाका अध्यक्ष नसरूल्लाह खां लगायत अन्यको उपस्थित रहेको जानकारी इत्तेहाद नेपाल कृष्णनगर कपिलवस्तु उपाध्यक्ष मौलाना सफिक अहमदले दिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं