News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    वैवाहिक कार्यक्रममा नेपाल लाइफको पोलिसी उपहार

    बाग्लुङ । परिवर्तित समयको मागलाई मध्यनजर गर्दै यहाँको एक वैवाहिक कार्यक्रममा विमा पोलिसीलाई विवाहमा उपहार दिइएको छ । बाग्लुङ स्थित बाग्लुङ न.पा.-३ कादीप राजभण्डारी र बाग्लुङकै हटिया ३ की सुनिरा श्रेष्ठको मंसीर २२ गते हटिया बजारमा सम्पन्न वैवाहिक कार्यक्रममा विमा पोलिसी उपहार दिइएको हो ।

    बेहुली सुनिरा श्रेष्ठका बाबा कृष्ण कुमार श्रेष्ठले आफ्नी छोरी र ज्वाई दुवै जनाको जोखिम बहनहुने गरी नेपाल लाइफ इन्योरेन्सको दश लाख विमांकको जीवन सारथी विमा योजना लिनु भएको थियो । नवदाम्पत्यहरुलाई पोलिसी हस्तान्तरण गर्ने क्रममा श्रेष्ठले भन्नुभयो ‘यो सुखद अवसरमा छोरी ज्वाईको जीवनको मूल्यलाई अझै अमूल्य बनाउन यो विमा उपहार दिएको हुँ ।’

    विमा उपहार प्रदान कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स बुर्तिबाङ उपशाखा प्रमुख प्रनिश गिरीले सामाजिक कार्यक्रममा विमा उपहार दिनुले अर्कोलाई पनि विमा गरी आर्थिक जोखिमको हस्तान्तरण गर्न प्रेरणा मिल्ने बताउनुभयो । ऐजेन्सी म्यानेजर सरिला महर्जन, बेहुलीका दाजु अमृत श्रेष्ठ साथै बेहुलाबेहुलीहरुका आफन्तको सल्लाह बमोजिम नै उपहार कार्यक्रम गरिएको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया