SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/२२ गते
    ९७८ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कृष्णनगर, कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक बाट भन्सार छलि गरि ल्याउदै गरेको समान बरामद गरिएको छ ।

    इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट शुरक्षा जांच चौकी (लिंक गेट) इन्चार्ज प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. को कमाण्डमा खटिएको डिउटी टोलीले उक्त अबैध समान बरामद गरेको छ ।

    महेंद्र पार्क नजिक भारत बाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अवस्थामा प्रहरी लाई देख्नसाथ मानिस समान छोडी भारत तर्फ भागेको थियो । बरामद गरिएको रिमोट द्वारा चल्ने खेलौना र अन्य समानहरुरहेको छ ।

    आवस्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइने साथै उक्त समानको अनुमानित मुल्य रु ५९,१५०-/(उन्साठी हजार एक सय पचास) पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं