SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/२१ गते
    ३९०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।  नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै कोलोराडो डेनभर अमेरिका निबासी नायक, निर्माता नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमिति गठन गरिएको छ।

    विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन गरिएको र निकट भबिष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाईटीको शाखा खोलिने कुराको जानकारी केन्द्रिय अध्यक्ष कृष्ण मल्लले गराएका छन्।

    नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमितिहरुमा बरिष्ट उपाध्यक्षमा एभरेष्ट सुर्य बोहोरा न्युयोर्क, प्रथम उपाध्यक्षमा बिक्रान्त बस्नेत न्युयोर्क, द्वितीय उपाध्यक्ष दिनेश कार्की भर्जिनिया, सचिब हरि उप्रेती ओहायो, सह-सचिब राजकुमार काफ्ले कोलोराडो, कोषाध्यक्ष डिपी शर्मा कोलोराडो, महिला संयोजक डा. रानी शाक्य मेरिल्याण्ड, सदस्यहरु कृष्ण सुनार मोन्टाना, रायन रेज टेक्सास, नरमान राई नर्थ डकोटा , किकि शर्मा -युटाह र शंकरराज वाग्ले क्यालिफोर्नियाबाट रहेका छन् शंकरराज वाग्ले (एस.राज) बिभिन्न टेलिश्रखलाका साथै नेपाल टेलीभिजनबाट प्रसारित हास्य टेलिश्रखला मेरी बास्सैका चर्चित अनुहार मध्येका एक राइफले का रुपमा दर्शकले निकै रुचाईएका पात्र थिए।

    सल्लाहाकारहरुमा प्रेमराजा महत, बिलोल पोखरेल, मुकुन्द ढुंगाना, नारायण पुरी, सुजन कुमार श्रेष्ठ, ऋषि ढकाल र हेमन्त श्रेष्ठ रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं