SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/१५ गते
    १०५२ &#२३४६;&#२३३५;&#२३२५;

    दिपसागर पौडेल । कुश्मा नगरपालिका ७ खरेहा स्थित गत असोज २७ गते आफ्नै निवासमा असामायीक दिबङ्गत हुनुभएका स्व. शालिकराम देवकोटाको सम्झनामा उहाँको धर्मपत्नी धनमाया देवकोटाद्दारा उहाँको सम्झनामा बैकुण्ठ बासको कामना गर्दै , शालिकराम स्मृति कोषको” स्थापना गरि देवकोटाको स्मरण गर्दै , सोमबार गुप्तेस्वर बेद बेदबेदाङ्ग संस्कृत पाठशालामा बिधालयकै प्राङ्गण अगाडि गायत्री मन्दिरमा सोमबार रु ५१,१११ ( एकाउन्न हजार एक सय एघार ) आर्थिक अक्षयकोषको स्थापना कार्यक्रम सप्पन्न भएको छ ।

    कार्यक्रममा स्वागत मन्तब्य बोल्दै समाजसेवी खेमनाथ शर्माले असामायिक निधन हुनुभएका देवकोटा प्रती दुःख व्यक्त गर्दै , दिबङ्गत देवकोटाले सामाजिक क्षेत्रमा कमाउनु भएको नाम र कामको योगदानलाई उच्च सम्मान र कदर गर्दै आज उहाँ हामी माझ नरहे पनि उहाँको सम्झनामा यो स्मृतिकोष स्थापनाबाट विद्यार्थीको उज्ज्वल भबिस्यका लागि खर्च गरिने बताउदै उहाँको बैकुण्ठ बासको कामना गर्नुभयो ।

    त्यस्तै कार्यक्रममा बोल्दै बेद बिधालयका सल्लाहकार तथा समाजसेवी लोकनाथ आचार्यले सामाजिक ब्याक्तित्व देवकोटाको चर्चा गर्दै बिधालयलाई समुन्ती र दीगो बिकाश तर्फ अगाडि लैजानु पर्नेमा जोड दिनुभयो मनै बाट लागे देखि भगवानले आँटेको कामलाइ पुरा गराउनुहुन्छ भन्नेमा आफू बिश्वास भएको बताउदै यस्ता अक्षयकोषहरुबाट पनि बिधालयको शैक्षिक बिकासमा टेवा पुग्ने बताउनु भयो ।

    त्यसतै कार्यक्रममा बोल्दै बिधालयका प्राचार्य पद्द्मराम रेग्मीले बिधालय भित्रका प्रशाशनिक नीति आचरणका नियमहरु भित्र संस्कृत बिधालय पर्बतमै उत्कृष्ट रहेकोे र स्व. देवकोटाको देनलाइ बिधालयले सदा स्मरण गरिरहने बताउनुभयो ।

    कार्यक्रममा बेद बिधालयका अध्यक्ष खडानन्द आचार्यले दिबंगत देवकोटाको मृत आत्मा प्रती शान्तिको कामना गर्दै उक्त रकमले बिधालयको भलाई र दिबंगत देवकोटाको पुन्डय लाभ हुने बताउनु भयो साथै उक्त अक्षयकोषको बार्षिक ब्याजबाट बिद्यार्थीको पढाइमा आर्थिक र शैक्षिक बिकासमा लाभ हुने बताउनु भयो ।

    उक्त नगद सहितको एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ देवकोटाको धर्म पत्नी धनमाया देवकोटाको हातबाट बिधालयका अध्यक्ष खडानन्द आचार्यका हातमा उक्त बिधालयमा स्मृतिकोष स्थापना गर्नुभएको हो ।

    कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि युवा जमात ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियोे भने बिधालयका बिद्यार्थी छात्रहरुले स्वतीबाचन समेत गर्नुभएको थियोे । स्व. देवकोटाका तिन छोरा र दुई बुहारीहरु रहेका छ्न जसमा छोरा बुहारीहरुमा बिष्णु देवकोटा , देबेन्द्र देवकोटा , नारायणी देवकोटा , ज्ञानु देवकोटा र देबु देवकोटा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं