SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/१० गते
    ७६३ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर, ।
    कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । लैंगिक हिंसा अन्तय को प्रतिबद्धता: व्यक्ति समाज र सबैको ऐक्याबद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना तथा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,सुआहारा दोस्रो , नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।

    कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत विजय कुमार कार्की को प्रमुख आतिथ्य तथा दिप प्रज्व्लनको उद्घाटन गरिएको थियो कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख शब्नम खातुन, कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख युम माया,उधोग बाणिज्य संघका प्रतिनिधि, विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,ट्राफिक प्रहरी र नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रम इस्वरी पोख्रेलले सन्चालन गर्नु भएको थियो ।

    कार्यक्रममा पि.आर.सि का कपिलवस्तु संयोजक निशा पन्थीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न आफन्त नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं