SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/२ गते
    १०७३ &#२३४६;&#२३३५;&#२३२५;

    बागलुङ ।जन्मदिनको अवसर पारेर एक युवाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गर्नुभएको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका पुर्ब भलिबल खेलाडी तथा मोडल तुलवीर थापा ‘समर्पण’लेसहयोग गर्नुभएको हो ।
    शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले संयुक्त रुपमा उक्त सहायता रकम केन्द्रका संयोजक महावीर पुनलाई हस्तान्तरण गर्नुभयो । सहयोग ग्रहणपछि संयोजक पुनले प्रवासदेखि थापाले गर्नुभएको सहयोग र देखाउनुभएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताउनुभयो ।
    थापाले तत्काललाई रु. ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको रु. पाँच हजार केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाउनुभयो । त्योसमेत गरी थापाको सहयोग रकम रु. एक लाख दश हजार पुग्ने छ । “जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो”, उहाँले भन्नुभयो ।
    ९ वर्षअघि जापान पुग्नुभएका खेलाडी तथा मोडल थापाको जापानको नागोया भन्ने ठाउँमा रेष्टुराँको व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उहाँ सक्रिय देखिनुभएको छ। घुम्टे युवा परिवार जापान शाखा र गलकोट सेवा समाज नागोया क्षत्रीय समितिका सह सचिवसमेत रहनुभएका थापाले यसअघि गाउँको विद्यालयलगायत सङ्घसंस्थालाई आर्थिक सहयोग गर्नुभएको थियो ।
    प्राकृतिक विपद्का कारण समस्या झेलिरहेका परिवारलाई पनि उहाँले व्यक्तिगत रुपमा राहत सामग्री प्रदान गर्नुभएको थियो । प्रतिष्ठित ‘रोमन म्यागासेसे पुरस्कार’ विजेता पुन आविष्कार केन्द्रमार्फत व्यावहारिक विज्ञान तथा प्रविधिको खोज, अनुसन्धानमा सक्रिय हुनुहुन्छ । केन्द्रले पछिल्लो समय कोभिड–१९ विरुद्ध लड्न ‘पिपिई’लगायतका स्वास्थ्य उपकरणसमेत उत्पादन गरिरहेको छ ।
    केन्द्रलाई सघाउन देशविदेशमा स्वतःस्फूर्त रुपमा नागरिक सहयोग अभियान पनि सञ्चालन भइरहेका छन् । पुनले वैज्ञानिक खोज, अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न केही वर्षअघि आविष्कार केन्द्र सन्चैलन गर्नुभएको थियो । समुन्नत देश निर्माणको अभियानमा आविष्कार केन्द्र सहयोगीसिद्ध हुने पुनको विश्वास छ ।
    सामाजिक अभियान्तासमेत रहनुभएका पुनले आविष्कार केन्द्रका लागि बजेट नभएपछि केही समयअघि आफूले पाएका पदक तथा पुरस्कार बिक्रीमा राख्नुभएको थियो । सरकारले पनि आविष्कार केन्द्रका लागि आर्थिक सहायता दिँदै आएपनि त्यो प्रयाप्त नभएको पुनको गुनासो छ । ३२ बर्षपछि म्याग्दीको नागी भन्ने ठाँउमा जन्म लिई यो सालको दशैँमा नया पाईन्ट,कोट सिलाएको बिषयले चर्चा चुलिएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं