
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं, । कोरोना महामारीसँग जुध्न चालु वर्षको साढे तीन महिनामै ४ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ। संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले यो परिमाणमा खर्च गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार यो वर्ष तीनै तहका कोषमा कोरोनासँग जुध्न १३ अर्ब ८२ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिएको छ। जसअनुसार अब ९ अर्ब ३४ करोड रुपैयाँ बाँकी छ।
संघीय सरकारले चालु बजेटमार्फत ६ अर्ब रुपैयाँ कोरोना नियन्त्रण तथा उपचारका लागि विनियोजन गरेको छ। समीक्षा अवधिमा सबैभन्दा कम ७० करोड रुपैयाँ मात्रै खर्च भएको छ। संघमा अब ५ अर्ब ३० करोड रुपैयाँ बाँकी छ। यसबाहेक कोरोना कोषमा १ अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको छ।
कोषमार्फत १ अर्ब ३८ करोड रुपैयाँ परिचालन भइसकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले कोषमा ३८ करोड ७० लाख रुपैयाँ मात्रै बाँकी रहेको जानकारी दिए।
सात प्रदेशमध्ये ६ वटाले १ अर्ब २५ करोड रुपैयाँ खर्च गरेका छन्। सुदूरपश्चिम प्रदेशले भने कोरोनासँग जुध्न खर्च गरेको छैन। उसले १ करोड ३५ लाख रुपैयाँ मात्रै स्रोत जुटाएको थियो। सात प्रदेशको १ अर्ब ७६ करोड रुपैयाँमध्ये १ अर्ब २५ करोड खर्च भएको तथ्यांकले देखाएको छ। अब प्रदेशसँग खर्च गर्न पुग्ने ५० करोड ८१ लाख रुपैयाँ मात्रै छ।
स्थानीय तहको बजेट प्रणालीबाट ४ अर्ब २९ करोड रुपैयाँ स्रोत जुटेको थियो। तर, अहिलेसम्म स्थानीय तहले १ अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन्। स्थानीय तहसँग ३ अर्ब १४ करोड रुपैयाँ बाँकी छ।
संघले परीक्षण र उपचारको दायित्वबाट पन्छिन खोजेपछि अधिकांश प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालमा निःशुल्क सेवा दिँदै आएका छन्। प्रदेश नम्बर १, २, कर्णाली, ५ र गण्डकी प्रदेश सरकारले निःशुल्क सेवालाई निरन्तरता दिएका हुन्। प्रायः प्रदेशमा ठूला अस्पताल भने संघमातहत छन्। बागमतीमा जिल्ला अस्पताल मात्रै प्रदेशअन्तर्गत राखिएको छ। उपचार खर्च व्यहोर्ने भएकाले कोरोना शीर्षकमा प्रदेशको खर्च पनि बढी देखिन्छ।
सरकारले हालै खर्च धान्न नसक्ने भन्दै कोरोना संक्रमितको उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले असोज १५ मा जारी गरेको कोभिडको परीक्षण तथा उपचार निःशुल्क गर्नू भन्ने परमादेशविपरीत थियो उक्त निर्णय।
सरकारले कानुनको अपव्याख्या गरी अव्यावहारिक परमादेश जारी भएको भन्दै पुनरवलोकन निवदेन दर्ता गरेको थियो। अदालतले बिहीबार उक्त निवेदन नै खारेज गरेपछि कोरोना परीक्षण तथा उपचारको दायित्व सरकारकै काँधमा आइपुगेको छ।
मन्त्रिपरिषद्को असोज २२ को बैठकले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा खर्च गर्न मिल्ने गरी नियमावली परिमार्जन गरेको थियो। अघिल्लो आवको पछिल्लो पाँच महिनामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले १ अर्ब ३५ करोड, प्रदेशले ८७ करोड र संघले १० अर्ब ६५ करोड रकम खर्च गरेका थिए। पवन तिमिल्सिनाले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया