SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/१८ गते
    १४३० &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । कुनै समय पर्वत जिल्लाको एकमात्र सरकारी जिल्ला अस्पतालको रुपमा रहेको पर्वत जिल्ला अस्पताल रेफर सेन्टर जस्तै थियो । बिरामी भएका मानिसहरु अस्पताल त जान्थे तर उपकरण तथा दक्ष जनशक्त्तीको आभावमा उपचार संभव थिएन ।

    आजभोली जिल्ला अस्पताल फेरीएको छ । बिरामी भएर आएका मानिसहरुले आसा लाग्दो तरीकाले उपचार पाएका छन् । १५ बेडको स्वीकृती लिएको अस्पतालले ३५ बेडको सुबिधा दिनसक्ने अबस्थामा पुगेको छ । अब छिट्टै ५० बेडमा स्तर उन्नती हुदैछ ।। अक्सीजन मात्रै बोक्न पनि पोखरामा जानु पर्ने अबस्थाको अन्त्य भएको छ ।

    केहि हप्तामा नै आईसियु जस्तो अत्याधुनिक उपचारको जिल्ला अस्पतालले सुरुवात गर्दैछ । मृगौलाको बिरामीहरुले डाईलासिस गर्न लाखौं रुपैया तिरेर काठमाण्डौं बस्नुपर्ने अबस्थाको अन्त्य भएको छ । सुत्केरी गराउने, आखाँको उपचार देखि साना तिना अप्रेशन जिल्ला अस्पताल आफैले गरिरहेको छ ।। चारैतिर नयाँ र स्तरिय भवन मात्रै बनेको छैनन् अत्याधुनिक उपकरणहरु पनि जोडिदै गएका छन् ।

    सामान्य अबस्थामा केहि आसा लाग्दा कामहरु निरन्तर गतिमा भैरहेका छन् । तर जिल्ला अस्पताल यत्तिकुरा मख्ख पर्ने अबस्था भने छैन । पर्वत जिल्लामा एकमात्रै भएको कारण पनि आसा र बिवाद अस्पतालको बिषयमा भैरहेको नै हुन्छ ।। यस्तै बिषयमा जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द पहाडीसँग गरिएको बिषेस संवाद यस्तो छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं