SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/४ गते
    १००२ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कपिलवस्तु 
    कपिलवस्तु प्रहरीले जिल्लाको कृष्णनगरबाट तिन केजी अफिम बरामद गरेको छ । नेपाल भारत सिमा क्षेत्रको कृष्णनगर नगरपालिका वडा नम्बर २ लिंङ्कगेटमा प्रहरी नायब निरिक्षक रेशम बहादुर जिसीको कमाण्डको टोलीले एक व्यक्ति माथी शंका लागी चेकजाँच गर्ने बेला ति व्यक्तिले आफुले बोकेको झोला फालेर भारतको बढनी तर्फ भागे । भागेका उनलाई नेपाली प्रहरीले पिछा गरेर भारत पुगे ।

    भारत प्रवेश गरेका उनलाई भारतिय सिमा सुरक्षा बलको टोलीले नियन्त्रणमा लिई खान तलासी शुरु गर्यो । सो क्र्ममा उनले कम्मरमा बाधी राखेको अफिम भेटियो । यता उनले नेपालबाट भाग्दा फालेको ब्यागमा खानतलासी गर्दा तिन केजी अफीम फेला परेको छ । उनले प्लास्टिकले बेरेर ६ प्याकेटको पोकामा राखेको अवस्थामा सो अफिम भेटिएको हो ।

    यसरी झोला फालेर फालेर भागेका व्यक्ति रुकुम पश्चिम वाफिकोट गाँउपालिका वडा नम्बर ८ दुली घर भई हाल दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको गुमराह चोक बस्ने बस्ने अन्दाजी बर्ष ३५ को लाले भन्ने लाल बहादुर खत्री भएको खुल्न आएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं