
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत । जिल्लाको विहादी गाउँपालिका वडा न २ बरौचौरका खहरे खोला देखि रानीपानीको पोखरेचौर हुँदै वहाकी जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको छ । एक कार्यक्रमका वीच प्रतिनिधि सभाका सांसद पदम गिरीले उक्त सडक खण्डमा कालोपत्रे कार्यको शुरुवात गरेका छन् ।
विहादी गाउँपालिका वडा न २ वडा कार्यालयको आयोजनामा भएको कालोपत्रे कार्यको शुरुवात गर्दै सांसद गिरीले जिल्लाको दक्षिणी क्षेत्र क्रमशः सम्बृद्ध बन्दै गएको बताए । विकटको वस्ती मानेर तराई झर्ने र बजार जानेहरु अव गाउँ फर्कन आग्रह गर्दै उनले आभारभूत सवै सुविधाहरु गाउँमा पुराउने कार्यमा आफू र वर्तमान सरकार लागि परेको उनले बताए ।
कालोपत्रे सडक, औद्योगिक ग्राम, विद्यालयको पुर्ननिर्माण र पालिका स्तरीय अस्पताल निर्माणको काममा विहादी गाउँपालिमा देखिने गरी काम भइरहेको सांसद गिरीको भनाई छ । उनले एक घर एक धारा र सिंचाई कार्यक्रमलाई संगसंगै लगिएको समेत बताए ।
कोरोना संक्रमणका कारण गत बर्ष र चालु बर्षमा अपेक्षाकृत विकास आयोजनाहरु सम्पन्न नहुने भन्दै सरकारको क्षमताले सकेसम्म विकास आयोजनाहरु कार्यान्वयन गरिने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कालोपत्रेको काम शुरुवात गरेको सडकले पैयूको हुवास हुँदै स्याङजा जिल्लाको सिमाना चिासापानीसम्म पुग्छ । प्रदेश सरकारले चिसापानी देखि हुवास हु्ँदै वहाकीसम्म कालोपत्रेको लागि काम गरीरहेको छ । वहाकी देखि रानीपानी हूँदै बर्राचौरको खहरेखोला सडक खण्डको काम भने संघीय सरकार मार्फत भइरहेको छ । यस खण्डमा भने प्रत्येक बर्ष संघीय सरकारले बजेट विनियोजन गर्दै आइरहेको छ । हालसम्म ३ करोड रकम विनियाजन भएको यस सडक खण्डमा गत बर्ष मात्रै १ करोड २६ लाख लागत स्टिमेटमा ठेक्का सम्झौता भएको थियो ।
यस बर्ष सडकमा कालोपत्रेको शुरुवात गरिएको र आगामी बर्ष सडकको सवै खण्ड पुरा हुने गरी बजेटको ब्यवस्थापन गरिने सांसद गिरीले प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमल भु्षालले संघ, प्रदेश र स्थानीय तहका साझेदारीमा विहादी गाउँपालिका भित्रमा देखिने गरी विकास आयोजनाहरुको शुरुवात भएको दावी गरे ।
उनले केहि बर्षमा नै विहादीमा भौतिक पूर्वाधारका कामहरुले काँचुली फर्ने दावी गरे । जनताका आधारभुत आवश्यकताहरु पुरा गर्न स्थानीय सरकार सधै तयार रहेको अध्यक्ष भुषालको भनाई थियो । उनले केहि बर्ष अघिसम्म निकै विकट मानिने विहादी क्षेत्र अव भने विकास र पर्यटकीय हिसावले निकै अघि बढेको समेत बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य गोविन्द्र प्रसाद पाध्या, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द पौडेल लगाएतले विकास आयोजनाका सम्बन्धमा मन्तब्य राखेका थिए । कार्यक्रममा विहादी क्षेत्रमा विभिन्न आयोजनाहरु भित्राउन संघ र प्रदेश सरकारसंग समन्वय गरेका सांसद गिरीलाई वडाअध्यक्ष ओमप्रसाद कुँवरले धन्यवाद दिएका थिए ।
उनले सडक, अस्पताल, विद्यालय भवन, खेल मैदान, खानेपानी आयोजना र सामूदायिक भवनमा सघीय सांसदले सहयोग गर्दै आएको बताउँदै पर्यटकीय क्षेत्र निर्माणका लागि पिस पार्क, सितल गुफा र अन्य आयोजनाहरुमा पनि सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रमको स्वागत रामप्रसाद पराजुली र सञ्चालन कमला पौडेलले गरेकी थिइन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया