
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
सन्तोष बस्याल, पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको १९ औं साधारण सभा सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रम बिच साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रतिष्ठानका सचिव माधव चापागाईले सांगठनिक प्रतिवेदन र सह—कोषाध्यक्ष रिता कार्की कुँवरले कोषाध्यक्षको प्रतिवेदन पेस गरे ।
कार्यक्रमका प्रमुख अतिथि कलाकार कल्याणकारी कोषका अध्यक्ष, संस्थाका प्रमुख संरक्षक प्राज्ञ प्रजापती पराजुलीले कलाकार बाँचे मात्र संस्था बाँच्ने बताए । कोरोना महामारीका समयमा देशका थुप्रै लोकदोहोरी कलाकारमा मर्का परेको उल्लेख गर्दै समस्याको सामाधानमा सबै एक भएर अघि बढ्न आग्रह गरे ।
प्रतिष्ठान कास्कीले हालसम्म गरेका गतिविधि उल्लेखिय रहेको बताउँदै पराजुलीले संस्थाको स्तरउन्नतिमा आफ्नो सँधै साथ रहने बताए । कलाकारको हक, हित र संरक्षणका लागि कलाकार कल्याणकारी कोषको स्थापना गरिएको उनले जानकारी गराए । समस्यामा परेकालाई सहयोग गर्ने हेतुले उक्त कोषले काम गरिरहेको उनको भनाई थियो । आगामी दिनमा पनि सबैको सल्लाह, सुझाव र हौसलाले कोष अगाडि बढ्ने उनले बताएका छन् ।
प्राज्ञ समेत रहेका पराजुलीले राज्यबाटै आपतविपतमा कलाकारको संरक्षण हुुनुपर्ने विषयलाई आफूले पटकपटक उठाइरहेको बताए । उनले भने,‘म प्राज्ञ भएपछि । दोहोरी कलाकारकै हकहितका लागि लडिरहेको छु । कलाकारको जीवन रक्षाको जिम्मेबारी सरकारको काँदमा रहेको भन्दै आवाज उठाइरहेको छु । कलाकार पनि देशका नागरिक हुन् भन्ने कुरा सत्तामा रहेकालाई अवगत गराइरहेको छु ।’
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव जिवन दाहाल, केन्द्रिय सदस्य सरला पाण्डे, निवर्तमान उपमहासचिव चोलेन्द्र पौडेल, गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष तारापती सुवेदी, सल्लाहकार संयोजक सोमनाथ बास्तोला लगायतका वक्ताले बोलेका थिए ।
२०५८ सालमा स्थापना गरिएको प्रतिष्ठान कास्कीको हालको कार्यसमिति २५ सदस्यीय रहेको छ । ७ औं महाधिवेशनबाट अध्यक्ष टेक क्षेत्रीको नेतृत्वको टीमले हालसम्म ७ लाखको कारोबार हुने गरी काम गरिसकेको छ । गत आर्थिक वर्षमा प्रतिष्ठान कास्कीले विद्या आश्रममा खाद्य वितरण, पोखराका विभिन्न भागमा सरसफाई कार्यक्रम, विद्यालय स्तरिय तीज गीत प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिसकेको प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले बताए ।
उनका अनुसार कोरोना महामारी र लकडाउनले संस्थाको गतिविधिमा ठूलो असर पुगेको छ । हालको समयमा सामाजिक सुरक्षाका मापदण्डअनुसार कार्यक्रमको आयोजना गर्दै आएको उनले बताए । प्रथम उपाध्यक्ष ज्ञानेश्वर सुवेदीले स्वागत गरेको कार्यक्रमको उद्घाटन सत्र सचिव माधव चापागाईले सञ्चालन गरेका थिए भने बन्द सत्रलाई मधु चापागाईले सञ्चालन गरेकी थिइन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया