SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/१ गते
    १२४३ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर । ऐतिहासिक र पर्यटकीय सम्पदालाई संरक्षण अभियानलाई सफल बनाउन स्थानीय संचारकर्मीहरुले अजिगरा- कर्मा तालकाे अवलोकन गरेका छन । हिजो प्रेस क्लब अफ कृष्णनगरले दशैकाे अवसरमा शुभकामना अदान प्रदान तथा भोज कार्यक्रम अजिगराकाे तालमा राखेकाे थियाे। ऐतिहासिक महत्वका सम्पदालाई संरक्षण तथा पर्यटकीय रुपमा बिकास गर्ने उद्देश्यले जनप्रतिनिधि र सराेकारवालाकाे ध्यानाकर्षणका लागि स्थानिय संचारकर्मीहरुले नै ध्यानाकर्षण
    गर्नुपरेकाे क्लबका अध्यक्ष अंकुश श्रीवास्तवले बताउनुभयो । कपिलवस्तु जिल्लाकाे पश्चिममा पनि पर्यटन प्रवर्द्धनका लागि स्थानिय संचारमाध्यमले महत्त्वपूर्ण भुमिका खेल्नुपर्नेमा जाेड दिद‌ै अजिगराकाे पर्यटकीय रुपमा बिकासका लागि स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नुपर्ने संचारकर्मी हरूको भनाई थियाे । स्थानीय अनुसार अजिगरा सहिद स्तम्भ धनही प्रथा अनत्य गर्न किसानहरुकाे वलिदानीलाई जीवित राख्न बनाईएकाे ऐतिहासिक स्तम्भ हाे भने अजिगरा ताल नेपालका अन्य तालमा नपाईने जंगली धान(तिन्नी) काे प्रकृतिक उपज स्थलका साथै विभिन्न विदेशी चराहरुकाे प्रजन्न स्थलकाे रुपमा संरक्षणका लागि सबै निकायको ध्यान जान जरूरी रहेको बताए । कार्यक्रममा प्रेस क्लबका काैशल किशाेर यादव, निरहु यादव, मनिष कुमार गुप्ता, सत्येन्द्र मिश्र, देवानन्द ठाकुर , अजय मिश्र, कमलेश चन्द्र गुप्ता, प्रिंस मिश्र, रामप्रकाश चाैधरी,अनेक पाण्डे, प्रतिमा विश्वकर्मा, रमा शंकर तिवारी लगायतका संचारकर्मीहरुकाे उपस्थिति थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं