SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/१९ गते
    १२५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । ओली सरकारलाई ७२ घण्टे अल्टिमेटम आएको छ। देश कोरोनाले अस्तव्यस्त बनेका बेला संक्रमण रोक्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै चौतर्फी आलोचना बढिरहेका बेला ओली सरकारलाई आयो ७२ घण्टे अल्टिमेटम आएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाल चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीको स्थितिप्रति बेवास्ता गरेकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गरी डा.केसीको १९ औं आमरण अनसनका सम्बन्धमा संघका तर्फबाट सरकारको ध्यानाकर्षण गराइसकिएको तर २१ दिन पुगिसक्दा पनि सरकारले वार्ता टोली समेत गठन नगरेको भन्दै गम्भिर ध्यानकर्षण भएको जनाएको हो ।

    संघका महासचिव डा.बद्री रिजालद्वारा जारी विज्ञप्तिमा डा.केसीको जीवन रक्षाका लाथि हुनसक्ने विरोधका कार्यक्रमहरुलाई मध्यनजर गर्दै सरकारले यथाशिघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यामबाट उत्पन्न समस्याको समाधान गर्न आग्रह गरेको छ । संघले ७२ घण्टाभित्र वार्ता टोली गठन गरी डा.केसीको जीवन रक्षाका लागि कुनै पहल अघि नबढाइए जस्तोसुकै कठोर कदम चाल्न वाध्य हुने यसबाट उत्पन्न हुनसक्ने गम्भिर परिस्थितिप्रति सरकारनै जिम्मेवार हुने चेतावनी दिएको छ । जुम्लाबाट केही दिनअघि काठमाडौं आएका डा.केसी केही दिनअघि देखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत रहेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लकडाउन अन्त्य गरेसँगै पछिल्ला केहि दिनयता ह्वात्तै बढेको कोरोना संक्रमण र नेपालीहरुको महान चाड दशैँ नजिकिदै गर्दा सरकारले अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।

    पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। दसैंमा लाखौं मानिस काठमाडौं उपत्यकाबाट घर जाने भएपनि अहिले उपत्यका नै संक्रमणको उच्च जोखिममा छ। आइतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ। आज देशभर थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र ७० प्रतिशत छन्। दसैं नजिकिँदै गर्दा उपत्यकाबाट लाखौं मानिस घर जानलाई तयार छन्। विज्ञहरूले समेत उपत्यकाबाट घर जानेहरूबाट गाउँगाउँमा संक्रमण फैलिने जोखिम रहेको औँल्याएका छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं