
काठमाडौ । गायिका बिन्दु परियारको अर्को धमाकेदार गीत ‘माया गर्छु है ‘आउने भएको छ l पहिलो पल्ट एकैसाथ स्कृन शेयर गरेका नायक नाजिर हुसेन र टिकटक बाट लोकप्रिय बनेका ट्विन्स प्रीज्मा र प्रीन्सि खतिवडा अभिनित गीत माया गर्छु है यहि १७ गते रिलिज हुने भएको हो l बिन्दु परियाको स्वर रहेको गीतमा शब्द एकनारायण भन्डारी र संगीत तथा म्युजिक एरेन्ज सुदिप सागरको रहेको छ मिक्सिङ श्याम स्वेत रसाइली र स्टुडियो पृज्ममा अडियो तयार गरिएको हो l भिडियो तर्फ शान थापाले निर्देशन गरेका छन l राजिब समर ले कोरियोग्राफी गरेका छन् l अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रीम पराजुलीको सम्पादन ,ड्रोन सुरेश काफ्ले र मेकपमा बिमला तामाङ रहेकी छन् l अत्यधिक आशा र रिलिज अगावै चर्छ गरिएको यश गीत गायिका बिन्दु परियार अफिसियल युटुब मार्फत रिलिज हुने संगीतकार तथा एरेन्जर सुदिप सागर ले बताए lउसोत गायिका बिन्दु परियारको आवाजमा रहेका गीतहरु पर्ख पर्ख मायालु , पहिलो नम्बरमा , घरबार , म के गरु दिलको राजधानी गीत सर्वाधिक सफल गीतहरु हुन् l
















