SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/१४ गते
    ८२१ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन,कपिलवस्तु, ।
    कपिलवस्तु प्रहरीले साढे ७ केजी अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सरप्राईज चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १० बजे कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाईन्टबाट सो परिमाणको अफिम बरामद गरेको हो । प्रहरीले चन्द्रौटाबाट कृष्णनगर तर्फ आएको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ बर्षकी सिता रोकालाई शंका लागी चेक जाँच गर्दा निजले बोकेर ल्याएको झोलाबाट साढे ७ किलो अफिम बरामद गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगर ले जानकारी दिएको छ । चालकको सिट पछाडी अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २ केजी र पछाडी राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी गरि सो परिमाणको अफिम भेटिएको हो । रोका सगै प्रहरीले अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० बर्षिय शुसिल क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय कृष्णनगर ले केही दिन अगाडि समेत कृष्णनगर बस पार्क नजिक बाट शान्ति पुनर्स्थापना गृहको सहयोगमा ३७ केजी लागु औषध चरेस सहित दुई जना महिला समात्न सफल रहेको थियो।
    ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख को जिम्मेवारी सम्हाले देखि नै प्रहरी निरिक्षक प्रताप पौडेल ले
    विभिन्न समयमा कुखुराको चल्ला नष्ट, अवैध औषधी नष्ट , पटखा नष्ट, सुर्ती जन्य पदार्थ नष्ट, लगायत भन्सार छली गरि ल्याएको लाखौ लाख पर्ने समान भन्सार समेत बुझाएर राजस्व चुहावट नियन्त्रणमा विशेष योगदान दिई समाजमा शान्ति सुरक्षा राख्न सधै ततपरता देखाउदै आएका छन् । विभिन्न समयमा पौडेलको योगदानको कदर गर्दे विभिन्न संघ संस्था र नगरपालिका समेतले सम्मान गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं