SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/५ गते
    १६२४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान ।

    समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।

    बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

    अचेल दैनिकजसो बजारमा फरकफरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नआएका हैनन्। दिनहुँजसो आईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा र परिचर्चा बटुल्न सफल भैरहेका हुन्छन।पछिल्लो समय बजारमा गितहरु लगातार आइरहेका छन ।

    यसैक्रम मा सुमधुर स्वरकी धनी गायिका बिष्णु माझी र IME नेपाल लोक स्टारका बिजेता शनि बिश्वकर्मा को आवाजमा एउटा फरक किसिमको नयाँ गीत ‘झुम्का झलक्कै’ बोलको को म्युजिक भिडियो बजारमा आएको छ ।

    गितमा शब्द तथा संगित शिव हमाल को रहेको छ । भने गम्भीर बिस्टको निर्देशन रहेको म्युजिक भिडियोमा नबराज उप्रेतीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ । गितमा एरेन्ज तथा मिक्सिङ भने आशिष अभिरल को रहेको छ । त्यसैगरी गीतको भिडियोमा सागर लम्साल (बले), रियासा दाहाल, चक्र बम र गिता ढुङ्गना को दमदार अभिनय देख्न सकिन्छ । गितलाइ हाइलाइट्स नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ । भिडियाे हेर्नुस्

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं