SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/२ गते
    १०२७ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु,  ।
    जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने र विभिन्न प्रकारका विरोध कार्यक्रम गर्ने जनाएको छ ।
    पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादबले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

    संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु प्नि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने विज्ञप्तीमा उल्लेख छ ।

    संविधानमा रहेको विभेदकारी एवम् त्रुटिपुर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम गरी संविधान संशोधनद्वारा सच्याउनका लागि देशका विभिन्न प्रमुख स्थानहरुमा शान्तिपुर्ण विरोध कार्यक्रमहरु आयोजना गर्न आम जनसमुदाय र पार्टी संगठनहरुलाई आह्वान गरेको छ ।

    सोही क्रममा जनता समाजवादी पार्टी केन्द्रीय कार्यालय बाट जारी गरिएको विज्ञप्ति लाई आधार मानी उक्त विरोध कार्यक्रम प्रदेश नं ५ मा समेत गर्न तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठान ले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं