SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/३० गते
    ११३३ &#२३४६;&#२३३५;&#२३२५;

    हो म रातभरि निदाउनै सकेको छैन
    तर निद्रा नलागेको पटक्कै हैन
    जाब आकासमा कालो बादल लाग्छ नि तब मुटुनै थरथरी काप्न थाल्छ हल्लिन थाल्छ
    अनि म निदाउनै सक्दिन,

    मेघ गर्जन थाल्छ बिस्तारै पानी पर्दै जान्छ
    अनि पानी सङ्गै पाखो पनि झर्दै जान्छ
    अचानक गडगढावट आवाज आउँछ मध्यरातमा
    छिमेकिको घर गोठ सबै पुरिदिन्छ
    त्यो देख्छु अनि म निदाउनै सक्दिन!!

    घरभित्र बृद्ध बा आमा ,दुधे बालक अनि सुत्केरी जहान छ्न,बाढिले बाजा बजाएरै आएपनी भाग्नै सक्दैनन् मध्य रातमा
    म त्यो सम्झेर रातभरि निदाइन
    गोठमा हल गोरु अनि रिण हालेर किनेको लैनो भैसि त्यो सुनैसरी पहिरोले त्यो बुझ्दैन अनि मैले समेत हेर्न नपाउदै पुरिदिन्छकि
    त्यो सम्झिन्छु अनि रातभर निदाउनै सक्दिन

    जसो तसो अर्म पर्म गरेर पाखोबारी अनि खेतमा धान रोपेको छु भर्खरै पसाउदैछ
    मेरो परिश्रम खुसी सबै बाढिले पुरिदिन्छकि
    त्यो सम्झेर म रातभरि निदाउनै सक्दिन।

    हिजोमात्रै पहिरोले मेरो छिमेकी बेपत्ता पारिदियो
    हामिलाइ रुवायो अनि आँसु झारिदियो
    गाउँमा पन्चक नै परेझै अब हाम्रै पालोपो होकि
    म त्यही सम्झेर रातभरी निदाउनै सकिन।

    सपना धेरै बाकिनै छ्न पूरा गर्न भरै नभएको जिन्दगीमा रहर भने कति हो कति छ्न
    ती सपनाहरू अनि रहरहरु अधुरै पारिदिन्छ कि
    त्यही सम्झेर म रातभरि निदाउन सक्दिन।
    इश्वर भुसाल ,फनपा ३

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं