SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२४ गते
    १७८१ &#२३४६;&#२३३५;&#२३२५;

    नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिए सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा प्रस्तुत हुन थालेका छन् । महान चाड बडादशैंलाई कामको सिलसिलामा टाढाटाढा भएका परिवार एकैसाथ भेट भएर रमाइलो गर्ने पर्वका रूपमा पनि लिइन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आशीर्वाद थाप्ने र रमाइलोको रौनकलाई दशैं तिहार विशेष गीतले पनि छुट्टै रौनकता थप्ने गर्दछन । लोक दोहोरी गीत प्रेमी आम श्रोता दर्शक चाडवाड नजिकिदै गर्दा यस्तै गीत संगीतको बेग्लै प्रतिक्षामा रहन्छन् । नेपाली लोक दोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका कलाकार मध्ये एक हुन बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन ।

    सिसा टल्केको गीती एल्वमबाट आफनो सांगितिक यात्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजारमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसकेका छन । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा । उनी लोक दोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन ।

    आफनै लय शब्द र स्वरमा कहिले भरिया, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले लाहुरे, कहिले विदेशमा रहेका नेपालीको पिडा, माया प्रेम सँगै सहिदका समेत गीतहरु मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा एक नक्षेत्रको रुपमा स्थापित भईसकेका छन । वि.सं २०५७/०५८ तिरबाट गीत संगीतमा प्रवेश गरेका गायक खत्रीले दशैं तिहारमा प्रत्येक वर्ष नयाँ गीत श्रोता दर्शक माझ प्रस्तुत गर्दै आउने क्रममा यसपटक पनि विल्कुलै नयाँ गीत “रिनै रिनको” बजारमा ल्याएका छन् ।

    आफनै युट्युव च्यानल मार्फत उक्त गीत उनले केहि समय अगाडि रिलिज गरेका छन् । गीत रिलिज भएको केहि घण्टामै आम श्रोता दर्शकको उल्लेख्य माया पाएको छ । गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गीतले नजिकिदै गरेका चाडबाडमा हाम्रो परिवेश, जनताको आवाज अनि समाजको वास्तविक विषयवस्तु उठान गरेको छ । आइतवार सार्वजनिक भएको दशैं गीत रिनै रिनको गीतको म्युजिक भिडियो पनि निकै मर्मस्पर्शी देखिन्छ । नेपालको समाजको वर्षौ देखिको रेमिट्यान्समा बाँच्नुपर्ने विवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

    उसो त खत्रीका यस अघिका भरिया दाइ, किसानी दाइ, कि सास चाहियो, कि लास चाहियो जस्ता दर्जनौ गीतहरु पनि सामाजिक यथार्थता सँगै जोडिएर आएका छन् । नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच नेपालीको बाध्यतालाई दर्शक श्रोता माझ ल्याएको बताए ।

    खत्री यस्ता कलाकार हुन्, जसले आफ्ना सबैजसो गीतमा शव्द, लय र आवाज आफै कुशलतापूर्वक प्रस्तुत गर्ने सामथ्र्य राख्छन् । यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ ।

    गायक खत्री र गायिका पूर्णकला बिसीको आवाजमा रहेको गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् । यसमा मोडल सारिका केसी र ओवी रायमाझीको अभिनय छ । गीतमा पारिवारिक वेदना, प्राकृतिक विपति लगायतका विषयवस्तु समावेश गरिएको छ ।गीतको म्यूजिक भिडियो तलको लिंकमा हेर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं