
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिए सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा प्रस्तुत हुन थालेका छन् । महान चाड बडादशैंलाई कामको सिलसिलामा टाढाटाढा भएका परिवार एकैसाथ भेट भएर रमाइलो गर्ने पर्वका रूपमा पनि लिइन्छ ।
आशीर्वाद थाप्ने र रमाइलोको रौनकलाई दशैं तिहार विशेष गीतले पनि छुट्टै रौनकता थप्ने गर्दछन । लोक दोहोरी गीत प्रेमी आम श्रोता दर्शक चाडवाड नजिकिदै गर्दा यस्तै गीत संगीतको बेग्लै प्रतिक्षामा रहन्छन् । नेपाली लोक दोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका कलाकार मध्ये एक हुन बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन ।
सिसा टल्केको गीती एल्वमबाट आफनो सांगितिक यात्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजारमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसकेका छन । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा । उनी लोक दोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन ।
आफनै लय शब्द र स्वरमा कहिले भरिया, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले लाहुरे, कहिले विदेशमा रहेका नेपालीको पिडा, माया प्रेम सँगै सहिदका समेत गीतहरु मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा एक नक्षेत्रको रुपमा स्थापित भईसकेका छन । वि.सं २०५७/०५८ तिरबाट गीत संगीतमा प्रवेश गरेका गायक खत्रीले दशैं तिहारमा प्रत्येक वर्ष नयाँ गीत श्रोता दर्शक माझ प्रस्तुत गर्दै आउने क्रममा यसपटक पनि विल्कुलै नयाँ गीत “रिनै रिनको” बजारमा ल्याएका छन् ।
आफनै युट्युव च्यानल मार्फत उक्त गीत उनले केहि समय अगाडि रिलिज गरेका छन् । गीत रिलिज भएको केहि घण्टामै आम श्रोता दर्शकको उल्लेख्य माया पाएको छ । गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ ।
गीतले नजिकिदै गरेका चाडबाडमा हाम्रो परिवेश, जनताको आवाज अनि समाजको वास्तविक विषयवस्तु उठान गरेको छ । आइतवार सार्वजनिक भएको दशैं गीत रिनै रिनको गीतको म्युजिक भिडियो पनि निकै मर्मस्पर्शी देखिन्छ । नेपालको समाजको वर्षौ देखिको रेमिट्यान्समा बाँच्नुपर्ने विवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
उसो त खत्रीका यस अघिका भरिया दाइ, किसानी दाइ, कि सास चाहियो, कि लास चाहियो जस्ता दर्जनौ गीतहरु पनि सामाजिक यथार्थता सँगै जोडिएर आएका छन् । नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच नेपालीको बाध्यतालाई दर्शक श्रोता माझ ल्याएको बताए ।
खत्री यस्ता कलाकार हुन्, जसले आफ्ना सबैजसो गीतमा शव्द, लय र आवाज आफै कुशलतापूर्वक प्रस्तुत गर्ने सामथ्र्य राख्छन् । यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ ।
गायक खत्री र गायिका पूर्णकला बिसीको आवाजमा रहेको गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् । यसमा मोडल सारिका केसी र ओवी रायमाझीको अभिनय छ । गीतमा पारिवारिक वेदना, प्राकृतिक विपति लगायतका विषयवस्तु समावेश गरिएको छ ।गीतको म्यूजिक भिडियो तलको लिंकमा हेर्नुहोस् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया