SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२१ गते
    १०२५ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर । कपिलवस्तुको कृष्णनगरपालिकाले स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा जोड दिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । सडक पूर्वाधार र अस्पताल स्तर बृद्धिका लागि करोडौंको बजेट विनियोजन गरिएको र केहिको टेण्डर आह्वान समेत गरेको उहाँले बताउनु भयो ।

    नगरपालिकाले बहादुरगंजमा रहेको नेपालकै दोस्रो पुरानो अस्पताल शिवराज अस्पतालको स्तर वृद्धिका लागी १५ शैयाको भवन निर्माण गर्ने नगर प्रमु्ख रजत प्रताप शाहले बताउनु भयो । १५ शैयाको भवन निर्माणका लागि नगरले २ करोड र अप्रेशन कक्षका लागी ५० लाख बजेट छुटाएको जानकारी दिनु भयो । नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता भएका कारण स्वास्थ्य क्षेत्रलाईको विकासलाई जोड दिएको उहाँले बताउनु भयो ।

    नगरपालिकाले नगरको प्रमुख बजार र भारत सिमा संग जोडिएको बजार कृष्णनगर बजारको सडक स्तरउन्नती पनि यो बर्ष गर्ने भएको छ । कृष्णनगर बजार क्षेत्रको सडक , सडक विभागले बनाउन नमाने पछि नगरपालिकाले आफ्नै बजेटले सडक स्तर उन्नती गर्ने भएको हो । जसका लागी नगरपालिकाले बजार भित्रको सडक निर्माणका लागी ४ करोड २० लाख बजेट विनियोजन गरी टेण्डर समेत अव्हान गरि सकेको छ । यस्तै वडा नं. ८ र ९को संयुक्त वडा कार्यालय भवन निर्माणका लागी १ करोड ४६ लाख बजेट विनियोजन गरी टेण्डर आह्वान गरिएको नगर प्रमुख शाहले बताउनु भयो ।

    एकै पटकमा वा एकै आर्थिक बर्षमा आमूल परिर्वतन हुन नसक्ने परिर्वतनका लागी समय लाग्ने भएको नगरपालिकामा पनि अहिले विकास निर्माण भइरहेको शाहले बताउनु भयो । सबै कुरामा सुधार क्रमिक रुपमा हुदै गइरहेकोले जनताले चाहेको जस्तो विकास र परिर्वतन आफ्नो कार्यकाल अवधीमा पुरा गरिछाड्ने शाहले ढृढता व्यक्त गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं