SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२१ गते
    ११५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । लकडाउनमा शैक्षिक संस्थाहरु बन्द भएको कारणले करिब ६ महिनादेखी बिद्दार्थिहरु स्कुल/ कलेज गएर शिक्षा प्राप्त गर्नबाट वन्चित रहेका छन। लामो समयदेखी स्कुल जान नपाउँदा बालबालिकाहरुको मनोबिज्ञानमा केकस्तो असर परेको छ भन्ने कुराको हेक्का कसैलाई पनि छैन।

    बिद्दार्थिहरु शैक्षिक गतिविधिमा संलग्न हुन नपाएको अवस्थालाई ख्याल राख्दै, केही मात्रामा भए पनि उनिहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउने हेतुले स्याङ्जाको भिरकोट नगरपालिकाको क्रीयटिभ युथ क्लबले हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।संगम थापाको अध्यक्षतामा सुरु गरिएको कार्यक्रमको संचालन दिनेश अर्यालले गर्नुभएको थियो।

    सबै क्षेत्रहरु समेटिने गरि सम्पन्न गरिएको हाजिरिजवाफ प्रतियोगिता संचालन गर्नभन्दा एक हप्ता अगाडि देखि नै सबै बिद्दार्थिहरुलाई तयारी गर्न लगाईएको थियो, क्विज प्रतियोगिता संचालन गर्नको लागि तयारी गर्दा बिद्दार्थिहरुलाई किताब हेर्ने बानी पर्ने हुनाले त्यसो गर्न लगाईएको हो। सामाजिक दुरि कायम गर्दै राखिएको उक्त कार्यक्रममा समाजका वरिष्ठ समाजसेवी, शिक्षक तथा स्थानिय जनप्रतिधिको पनि उपस्थित रहेको थियो।

    लकडाउनमा शैक्षिक संस्था बन्द भएको कारणले स्कुल जान नपाएका बिद्दार्थिहरुलाई घरमै बसेर भए पनि केही हदसम्म भएपनी अध्ययनमा केन्द्रीत गराउने उद्देश्यले उनिहरुलाई पढ्नमा थप हौसला प्रदान गराउनका लागि सोही कार्यक्रम आयोजना गरिएको क्लबका सक्रीय बिद्दार्थी तथा कार्यक्रम संचालक दिनेश अर्यालले सुचनाकेन्द्रलाई बताए।

    कार्यक्रममा उपस्थित हुनुपुर्व सबै सहभागी बिद्दार्थिहरु तथा अन्य सबै उपस्थित जनाउनुहुने सम्पुर्णलाई मास्क र सेनिटाईजर लगाएर मात्र उपस्थित गराईएको थियो। आगामी दिनहरुमा पनि विद्दार्थिहरुको मनोबिज्ञानमा सकरात्मक असर पर्ने र शैक्षिक गतिविधि समेटिने कार्यक्रमहरु संचालन गर्दै अगाढी बढ्ने क्लबले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं