SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/१२ गते
    १३७८ &#२३४६;&#२३३५;&#२३२५;

    स्याङ्जा। भिरकोट नगरपालिका- ७ निवासी पुर्व माननीय एवम् नेपाली काँग्रेस का नेता खगेन्द्र राज रेग्मी को घरमा काम गर्ने कामदार ले अाफुले उपाचार खर्च समेत नपाएको गुनासो गरेकिछिन।भिरकोट नगरपालिका ७ कि बासिन्दा भगवती माझीले २०७२ सालमा पुर्व माननिय खगेन्द्र रेग्मीकै रुखको घाँस काट्दै गर्दा रुखबाट खसेर गम्भीर घाईते भएकि हुन। लामो समय पोखरा स्थित मेट्रोसिटि हष्पिटलमा उपाचार गरेपछि केही सुधार त भयो तर हिडडुल गर्न भने सकिनन।

    उपाचारको क्रममा नेता खगेन्द्र रेग्मिले एक सुका समेत सहयोग नगरेको उनले अाखा भरि अासुलिदै हामिलाई बताइन।लामो समय माननिय खगेन्द्र रेग्मीको घरमा घाँस दाउरा ढिकी जातोको काम गर्दै अाईरहेकि उनि घाँस झार्दै गर्दा अचानक रुख बाट खस्नगै ढाड को हड्डी भाचियर अपांग बन्दा समेत नेता खगेन्द्र रेग्मी को मन ढुङ्गा जस्तै कठोर बनेको देख्दा माझी/खवास/ब्राह्मण र क्षेत्री थापा समुदाय दङ्गदास परेका छन।

    लामो समय दहथुम उच्च माविमा अध्यापन साथसाथै नेपाली काँग्रेस को सक्रिय राजनिति गर्दै माननिय समेत बनेका रेग्मिले अाफ्नै घरमा काम गर्ने मजदुर रुखबाट खसेर अपाङ्ग हुदा समेत वास्ता नगर्दा वहाँ बाट हामी जस्ता गरिव र समाजले के उपेक्षा राख्ने उनका श्रीमान कृष्ण बहादुर माझीले गुनासो गरे।समाज र राष्ट्र लाई उल्लेखनिय योगदान दिनुपर्ने पुर्व ससंदकै कारण गेझाबास सिमलचौर सिंचाइ को नहरको बजेट बर्षौ देखि फ्रीज हुनेगरेको र भीरकोट ६ को ठूलो फाट सिंचाइ बिहिन भयको सिमलचौरका जनताहरु बताउदछन।

    खगेन्द्र रेग्मीजस्ता सामान्ती तथा नोकरशाही प्रवृत्तिका नेताहरुका कारण नेतृत्वप्रति जनताको बिस्वास घढ्दै गईरहेको छ। आजसम्म पनि आफ्नो वरिपरि रहेका माझी/खवास समुदायका बासिन्दा लाई बिना पारिश्रमिक सानाठूला काम गराउदै आएको स्थानिय बताउँछन। कोहि कसैले आनाकानी गरे विभिन्न डरत्रास समेत खाउने गरेको स्थानिय को गुनासो छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं